वीरगन्ज,वीरगञ्जमा इँटाभट्टाको आगोले पोलेर दुई जना घाइते भएका छन् । वीरगञ्ज महानगरपालिका–३१ बेल्वाको कबी इँटा उद्योगको भट्टामा खसेर उद्योगका सञ्चालक ५० वर्षका कलाम मियाँ र भारतीय कामदार कमलेश कुमार घाइते हुनु भएको हो ।उहाहरुमध्ये सञ्चालक मियाँको अवस्था गम्भीर छ । इँटाभट्टामा चिप्लिएर लडेका कामदार कमलेशलाई बचाउन जाँदा सञ्चालक मियाँ पनि जलेर गम्भीर घाइते हुनु भएको हो ।
घाइते कमलेशका अनुसार , आफू भट्टीमा खस्न लागेको देखेपछि उद्योग सञ्चालक मियाँ जोगाउन जानु भएको थियो ।गम्भिर घाइते इटटा उद्योगका सन्चालक मियाँको वीरगन्ज स्थित नारायणी बयोधा अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो । मियाँको शरीरको ५० प्रतिशत भाग आगोले जलेको नारायाणी बयोधा अस्पताललाई उधृत गर्दै प्रहरी नायव उपरिक्षक खनालले बताउनुभयो ।घाइते कमलेशले आफू भट्टीमा खस्न लागेको देखेपछि उद्योग सञ्चालक मियाँ जोगाउन गएका बेला स्वयं चिप्लेर भट्टीमा खसेको बताउनुभयो । कमलेशको भने वीरगञ्जको बयोधा अस्पतालमै उपचारर भइरहेको छ ।उद्योगका लेखापाल मजरे आलमले मियाँ उद्योगको निरीक्षणका लागि भट्टामा जाँदा आगोमा खसेको बताउनुभयो ।