रौतहट,सहकारी संस्थाको रकम लुटपाटमा संलग्न एक जना भारतीय नागरिकलाई अवैध बन्दुक र गोलीसहित रौतहट प्रहरीले पक्राउ गरेको छ ।भारत विहार पूर्वी चम्पारण जिल्ला घोडासहानमा सक्रिय रहेका बाबा ग्याङ नामको अपराधिक समुहका सदस्यलाई रौतहट प्रहरीले असार २ गते मौलापुर नगरपालिका क्षेत्रबाट अवैध बन्दुक र गोलीसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवंम डिएसपी एलिजा गिरीका अनुसार मंगलवार भारत बिहार राज्य पूर्वी चम्पारण जिल्ला घोडासहान थाना, ग्रामपंचायत बसवरिया वडा नम्बर २ का २० वर्षिय मोनुकुमार जयसवाल पक्राउ परेका छन ।जेठ २२ गते मौलापुर नगरपालिका वडा नम्बर ६ पथरा बुधरामस्थित सडक खण्डमा रहेको माँ बचत तथा ऋण सहकारी संस्थामा कलेक्सनको काम गर्ने जिल्लाको बौधिमाई नगरपालिका वडा नम्बर ८ बस्ने बर्ष २४ को अरबिन्दकुमार दासले नगद १७ लाख झोलामा राखेर मौलापुरस्थित राष्ट्रिय बाणिज्य बैंकमा जम्मा गर्नको लागि बिआर ०५ एएन ८७६२ नम्बरको प्लाटिना मोटरसाईकलमा मौलापुरतर्फ जाने क्रममा विपरित दिशाबाट आएका ३ जना अपरिचित व्यक्तिहरुले रकम लुटपाट तथा डाँका गर्ने उद्देश्यले अरबिन्दकुमार दासलाई पछाडिबाट गोली प्रहार गरी फरार भएको घटनाको अनुसन्धानको क्रममा जयसवाल पक्राउ परेको डिएसपी गिरीले जानकारी दिनुभएको छ ।















