राजकुमार यादव
मौलापुर,रौतहटको मौलापुर नगरपालिका क्षेत्रभित्र ४० करोडको ठेक्का सकार गरेको आश्रय निर्माण सेवाले सड़क ढलान र नाला निर्माण कार्यमा पटक पटक लापरबाही गर्दैआएको भएपनि सरोकारवाला निकाय भने मौन देखिएको छ ।
शहरी विकास तथा भवन निर्माण विभागका उच्च पदस्थ कर्मचारीकै मिलोमतोमा सडक र नाला निर्माण कार्यमा अनियमितता भएको देखिएको छ ।मौलापुर नगरपालिका वडा नम्बर १ मर्यादपुरमा शहरी विकास भवन निर्माण विभाग सघन सहरी तथा भवन निर्माण आयोजना वीरगञ्जबाट ढलान तथा नाला निर्माणको लागि १० करोडको ठेक्का आश्रय निर्माण सेवाले मूल्यअभिवृद्धि कर बाहेक ४ करोड ४२ लाख ७ हजार ३ सय १६ रुपैयामा सम्झौता गरी विभागकै मिलोमहतोमा ठेकेदारले नियम कानुनको ठाडो उल्लंघन गरेर गुणस्तरहीन सडक ढलान तथा नाला निर्माण गरिरहेको स्थानीय चौकिदार रामानन्दप्रसाद यादवले आरोप लगाउनुभएको छ ।आश्रय निर्माण सेवाले मौलापुर नगरपालिकाभित्रको मर्यादपुर, पतौरा, पथरा बुधराम, सगैया पिपरिया र वडा नम्बर ८ र ९ को सोनरनियामा नाला निर्माण तथा सडक ढलानमा १०-१० करोडको इस्टमेट बजेटमा ४ देखि ५÷५ करोडमा सकार गरी निर्माण कार्यमा लापरबाही गरेको हो ।ज्यालादारीमा काम गर्दै आएका श्रमिक र मिस्त्रीका अनुसार निर्माण हुन लागेको ढलान कार्यमा ठेकेदारको आदेश अनुसार २ सिमेन्ट ८ बालुवा र ९ गिटी मिलाएर ढलान गरिएको मिस्त्री राजु साहले बताउनुभएको हो । आश्रय निर्माणले गरेको लापरबाहीको विरोध गर्दै मर्यापुरका स्थानीयले गुणस्तरहीन काममा रोक समेत लगाएकाछन ।त्यस्तै मौलापुर नगरपालिका वडा नम्बर ८ सोनरनियामा निर्माण कम्पनीले सड़क ढलानभन्दा २ फिटमाथि तल्लो सरफेस राखेर नाला निर्माण गरेको पनि पाइएको छ । नगरको ठाउँ ठाउँमा लापरबाही गर्दै आएको आश्रय निर्माणको कार्य बारे जानकारी पाएर पनि सम्बन्धित निकाय र सहरी विकासका प्राविधिकहरु मुकदर्शक बनेका छन ।२०७८ असार महिनाको २१ गते सम्झौता गरेको आश्रय निर्माणले सम्झौता सो मितिबाट २४ महिनाभित्रमा काम सम्पन्न गर्ने जिम्मा लिएको थियो । तर सो कामको म्याद गएका असार महिनामै समाप्त भएको छ ।
त्यस्तै १० करोडको ठेक्कामा आश्रयले करबाहेक चार करोड ७८ लाख ५८ हजार सात सय ६९ रुपैयाँमा सम्झौता गरी सोनरनियाँको सड़क ढलान तथा नाला निर्माणमा लापरबाहीको सीमा नाघेको पाइएको छ ।सम्झौताअनुसार काम नभएपछि स्थानीयले शहरी कार्यालयका इन्जियर र सहरी विकास तथा भवन निर्माण विभागलाई समेत पटक पटक जानकारी गराएका थिए । तर गुणस्तरीय निर्माण कार्यको लागि सम्बन्धित निकायले ध्यान नदिएको र सो कार्यमा विभागकै कर्मचारीहरुको समेत मिलिमतो रहेको हुनसक्ने स्थानीयले आरोप लगाएका छन् ।

Leave a Reply