निजगढ,बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य अच्युत मैनालीले निजगढ नगरपालिका वडा नम्बर ९ स्थित सामुदायिक अस्पताल (प्रसुति गृह) मा आगलागीबाट क्षति भएको प्रयोगशालाको आइतवार निरीक्षण गर्नुभएको छ ।सांसद मैनालीले गत कार्तिक २६ गते राती लक्ष्मी पूजाको दिन आगलागीबाट क्षति भएको प्रयोगशालासहित अस्पतालको बिरामी उपचार कक्ष, शल्यक्रिया कक्ष र फार्मेसीको निरीक्षण गर्नुभएको हो । अस्पतालका चिकित्सक सतिश निरौलाले आगलागीबाट भएको क्षति र अस्पतालको अवस्था बारेमा सांसद मैनालीलाई जानकारी गराउनुभएको थियो ।निरीक्षणपछि सांसद मैनालीले आगलागीबाट क्षति भएको ल्याब संचालनमा आवश्यक सामग्री उपलब्ध गराउन आफूले पहल गर्ने बताउनुभएको थियो ।सो अवसरमा अस्पताल संचालक समितिका पूर्वअध्यक्ष एकबहादुर श्रेष्ठ, सचिव भाइकाजी श्रेष्ठ, समाजसेवी अम्बिका चौलागाई, रामकृष्ण घिमिरे लगायतको उपस्थिति रहेको थियो । लक्ष्मी पूजाको साँझ अस्पतालको ल्याब कक्षमा विद्युत सर्ट हुँदा भएको आगलागीमा परेर करिब २९ लाख रुपैया बराबरको क्षति भएको थियो ।यसअघि मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पनि क्षतिग्रस्त ल्याबको निरीक्षण गरेर आवश्यक सामग्री तत्काल उपलब्ध गराउने आश्वास दिनुभएको भएपनि अहिलेसम्म कुनै सहयोग प्राप्त हुननसकेको अस्पतालले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here