कृष्ण मोहन साह
सेढवा,पर्साको राष्ट्रिय वन र पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्तीक्षेत्रको जंगलमा एक हप्तादेखि लागेको डढेलो अझैसम्म नियन्त्रणमा आउन सकेको छैन । वनमा लागेको डढेलो नियन्त्रणमा सम्बन्धित निकायले खासै पहल नगरेको स्थानीयले गुनासो गरेका छन् ।

सवडिभिजन वन, सव डिभिजन कार्यालय वसन्तपुर, रङ्पुर, मानवा, बढनियार र सोलकपुर तथा पर्सा राष्ट्रिय निकुञ्जको महादेव पोष्ट, चारभैया पोष्ट, गडुवा लाइन पोष्टर निर्मल बस्ती पोष्टर पन्चमुखी सामुदायिक वन र सुनाखरी उपभोक्ता समिति, कुशुमबाटिका मध्यवर्ती सामुदायिक अन्तर्गत रहेको वन क्षेत्रमा विगत एक हप्तादेखि डढेलो लागेको हो । वन डढेलोका कारण करोडौं मूल्य बराबरका काठ्हरु तथा बोट्बिरुवा जलेर नस्ट भएको स्थानीय बासिन्दाले बताएका छ्न ।
आगलागीबाट निस्केको धुवाँले बिशेषगरि जङ्गलसँग सिमाना जोडिएका साविकका निर्मलबस्ती, सुवर्णपुर, महादेवपट्टी, सेढ्वा, शङ्करसरैया, गादी, सोनबर्षा, बिरुवागुठी लगायतका दर्जनौं स्थानीयमा आँखा चिलाउने, आँखा रातो हुने बिहानको समयमा धुवाँले अध्यारो हुने जस्ता समस्या देखिएकाले खास गरि मुटुको रोगिलाई समस्या हुने गरेको स्थानीयहरुले गुनासो गरेका छन् ।

तर, डिभिजनल वन कार्यालय पर्साका डिभिजनल वन अधकृत मन्जुर अहमदले भने वनमा लागेको डढेलो नियन्त्रणका लागि जानकारी भएका स्थानहरुमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, साझेदारी समूहका सदस्यहरु र वन रक्षकको टोली परिचालन गरिएको र बाँकी स्थानमा लागेको डढेलो नियन्त्रण गर्न जिल्लाले निर्देशन दिइसकेको बताउनुभयो । आगो नियन्त्रणमा वन कर्मचारी र प्रहरीको एक्लो प्रयासले मात्रै नभई स्थानीयको पनि सहयोग आवश्यक भएको उहाँले बताउनुभयो ।

यसैबीच सुनाखरि उपभोक्ता समिति र पञ्चमुखी सामुदायिक वनमा लागेको डढेलो निभाउन स्थानीय उपभोक्ताहरु विभिन्न समितिका सदस्यहरु र नेपाली सेनाको सहयोगमा डढेलो नियन्त्रणमा लिने प्रयास भइरहेको र कतिपय ठाउँमा नियन्त्रणमा पनि आइसकेको सुनाखरी उपभोक्ता समितिका अध्यक्ष भीमबहादुर पाख्रिनले जानकारी दिनुभयो ।

Leave a Reply