डुमरवाना,श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय डुमरवानाका एक जना दृष्टिबिहिन विद्यार्थीलाई जनजागरण युवा क्लब (जेवाइसी) कलैयाले ‘हियरिङ एड’ सहयोग गरेको छ ।भिएसओको आर्थिक सहयोगमा संचालित सहयात्रा परियोजना अन्तर्गत जेजेवाइसीले विद्यार्थीहरुका लागि विभिन्न सहयोग गर्ने क्रममा दृष्टिविहिन एवं सुस्त श्रवण शक्ति भएका विद्यार्थी अरुणकुमार चौधरीलाई हिएरिङ एड उपलब्ध गराइएको हो ।प्रेरणा नेपालको अपाङ्गता तथा समावेशीकरण संयोजक राजु लामाले विद्यालयमा पुगेर सो यन्त्र हस्तान्तरण गर्नु भएको थियो । बारागढी गाउँपालिका वडा नम्बर १ घर भएका विद्यार्थी चौधरी नेरामावि डुमरवानाको दृष्टिविहीन छात्राबासमा बसेर कक्षा ५ मा अध्ययन गरिहेका छन् ।

















