सिमरा,नेकपा एकिकृत समाजवादीका जिल्ला कमिटी सदस्य एवम् युवा संघ जीतपुरसिमरा नगर कमिटीका अध्यक्ष सोमलाल बम्जन नेकपा एमालेमा फर्किनुभएको छ ।
एमाले विभाजित हुँदा एकिकृत समाजवादीतर्फ लाग्नुभएका बम्जन पुनः एमाले फर्किनुभएको हो । उहाँलाई एमाले केन्द्रीय सदस्य एवम् बारा जिल्ला सहईन्चार्ज सरस्वती चौधरी, एमाले नेता सुन्दर विश्वकर्मा, प्रदेश सभा ४ (१) का उम्मेदवार देवनारायण चौधरीलगायतले स्वागत गरेका थिए ।
जीतपुरमा आयोजित कार्यक्रमकाबीच एमाले फर्किनुभएका बम्जनले एकिकृत समाजवादी पार्टी सत्ता स्वार्थका लागि मात्रै रहेको र आफ्नो सिद्धान्तको औचित्य समेत पुष्टि गर्न नसकेकाले एमाले फर्किएको बताउनुभयो । उहाँले एकिकृत समाजवादीले देशलाई बर्बादीको दिशातर्फ लगेको हुँदा कम्युनिष्ट आन्दोलन बचाउन एमालेमा फर्किएको प्रतिक्रिया दिनुभएको छ ।
बम्जनले अब एमालेका उम्मेदवारलाई बिजयी बनाउन आफू लागिपर्ने बताउनुभयो । उहाँले एकिकृत समाजवादीबाट थुप्रै युवाको समूह एमालेमा फर्कने तयारीमा रहेको समेत बताउनुभएको छ ।