अनिल तिवारी
सिमरा – जीतपुरसिमरा उपमहानगरपालिकाले मंगलबारबाट अत्यावश्क सेवा बाहेक सबै क्षेत्र बन्द गर्ने निर्णय गरेको छ । सोमबार जीतपुरसिमराको कार्यपालिका बैठकले कोरोनाको संक्रमण नियन्त्रण गर्ने उद्धेश्य सहित यो निर्णय गरेको हो ।
विश्वभरि नै महामारिको रुपमा फैलदै गएको यस कोरोना भाईरस (कोभिड१९) को नियन्त्रण गर्न चैत्र २१ गते सम्म अत्यावश्क सेवा बाहेक सबै क्षेत्र बन्द गर्ने निर्णय गरेको हो । यसैगरी कार्यपालिकाको आकस्मिक बैठकले बिशेष अस्पतालको लागि ५० लाख रुपैयाको बिपत कोष स्थापना गर्ने निर्णय समेत गरेको छ ।
नेपालसंगको खुल्ला सिमाना भएको भारतमा कोरोनाको संक्रमण बढ्दै गएको पाइएपछि त्यसको असर नेपालमा समेत हुन सक्ने सम्भावनाले नेपाल सरकारलेपनि भारत र नेपालको सबै भन्सारबाट आवागमन बन्द गरेको छ भने अतिआवश्यक सेवा बाहेक सबै बन्द आहवान गरसंगै यस नगरपालिकालेपनि आफ्नो नगरलाई लक डाउन गरेको जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख डा. कृष्ण पौडेलले जानकारी दिनुभएको छ ।
यसअधि चैत्र १० गतेदेखि १६ गतेसम्मका लागि सम्पुर्ण ब्यवसाय बन्द गर्न जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले आहवान गरिसकेको छ ।