सिगौंल,नेपाली काँग्रेस बारा जिल्ला संगठन विभाग प्रमुख शम्भुबहादुर बुढाथोकीको पहलमा निजगढ नगरपालिका वडा नम्बर १, २ र ३ अन्तरगत पर्ने सिँगौलमा बिहिबार स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरिएको छ । कांग्रेश नेता बुढाथोकीको पहलमा सिँगौलका ३ वटा स्वास्थ्य संस्थालाई पौने २ लाख रुपैया बराबरको कोभिड १९ को संक्रमणबाट जोगिने स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरिएको हो ।

स्वास्थ्य संस्थालाई एरिजेन्ट १५ सय ट्याब, मेडोपोल ३ सय ट्याब, प्यानडिप १५ सय ट्याब, जिंक १५ सय ट्याब, पिपिई ६ थान, थर्मल गन ३ थान, अक्सोमिटर ३ थान, ग्लोब्स, फेस माक्स, एन ९५ माक्स, सेनिटाईजर लगायतका सामग्री हस्तान्तरण गरिएको छ । यस्तै सिंगौलका ३ वटै वडाका काँग्रेस वडा सभापतिहरुलाई पनि स्वास्थ्य सुरक्षा समग्री सहयोग गरिएको थियो ।

Leave a Reply