निजगढ,बाराको निजगढमा लगाइएको ७ कट्ठा गाँजा खेती प्रहरीले फडानी गरी नष्ट गरेको छ ।इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीको टोलीले निजगढ नगरपालिका वडा नम्बर १२ र १३ को दुई स्थानमा गरी ७ कठ्ठामा लगाइएको अन्दाजी ६ हजार गाँजाको बोट फडानी गरी नष्ट गरेको हो ।इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक घनश्याम श्रेष्ठकाअनुसार वडा नम्बर १२ को कोलगाँउमा ३ र वडा नम्ब्र १३ को भक्तलालमा ४ कठ्ठा गरी ७ कट्ठा क्षेत्रको गाँजा खेती फडानी गरी नष्ट गरिएको हो ।गाँजा खेती गर्नेहरुको हालसम्म पहिचान हुन बाँकी रहेको र उनीहरुको पहिचान गरी कानुनी कारबाही गरिने जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो ।

Leave a Reply