वीरगञ्ज,पर्साको वीरगञ्जमा रहेको नारायणी अस्पतालको आकस्मिक कक्ष भवन निर्माणमा भ्रष्टाचार भएको निष्कर्षसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन निर्देशक डा. सञ्जय ठाकुरसहित नौ जना र ठेकेदार कम्पनीमाथि मुद्दा दायर गरेको छ ।

ठेक्कामा मिलेमतो गरेको गरेको दाबीसहित अख्तियारले आइतवार विशेष अदालतमा अभियोग पत्र दायर गरेको हो । सार्वजनिक निर्माण कार्यमा प्रतिस्पर्धा सीमित हुने गरी ठेक्का सम्झौता गरी हानि÷नोक्सानी पु¥याएको अभियोग पत्रमा उल्लेख छ । अख्तियारले ठाकुरसहित नौ जनासँग एक करोड ८४ लाख ३८ हजार चार सय ५८ रुपैयाँ बिगो कायम गरेको छ ।

अख्तियारले ठाकुरसहित शहरी विकास तथा भवन कार्यालय पर्साका निमित्त कार्यालय प्रमुख इन्जिनियर राजेन्द्र साह, इन्जिनियर म. सकुर अन्सारी, अस्पतालका तत्कालीन नायब सुब्बा सुशीलप्रसाद यादव र तत्कालीन लेखापाल सुदीपकुमार माझीविरुद्ध मुद्दा दायर गरेको छ ।

यस्तै मूल्याङ्कन समिति संयोजक डा. वीरेन्द्रकुमार प्रधान र सदस्य सचिव माधवी चौधरी, मिसन कन्ट्रक्शन एन्ड सप्लायर्स प्रालिका प्रबन्ध निर्देशक तथा लुम्बिनी मिसन जेभीका आधिकारिक प्रतिनिधि जगत बुढा, लुम्बिनी बिल्डर्स प्रालिका तत्कालीन प्रबन्ध निर्देशक विष्णुप्रसाद शर्मा र लुम्बिनी–मिसन जेभीविरुद्ध पनि मुद्दा दायर भएको छ ।

Leave a Reply