यसो भन्दा मन्त्रीमाथि मानहानी गरेको आरोप वा मुद्दासम्म लाग्न सक्छ । सबैभन्दा मुख्य कुरा त यो देशमा अहिले कोही माननीय र कोही सम्माननीय छैनन । सबै नैतिकहिन मात्रै छन । तैपनि जनताबाट नै निर्वाचित भएकाहरुले आफूलाई जवरजस्त माननीय र सम्मानीय भन्न लगाउने गरेका छन् र जनता पनि उनीहरुलाई त्यस्तै भन्न विवश छन ।लोकतन्त्रमा सबै समान हुन्छन । सबैको उत्तिकै अधिकार र कर्तव्य छ । अनि आदर र सम्मान आवश्यक भएपनि चाकडी आवश्यक छैन । चाकडी त हिजो राजामहाराजाहरुकै पालामा पनि भएका नै थिए नि ।तैपनि लोकतान्त्रिक दलहरुमा पनि यस्तो चाकडी अथवा नोकरशाही प्रवृत्ति एकदमै देखिन्छ । गएको हप्ता काठमाडौंको बालकुमारीमा दुईजना युवाहरुले अनावश्यक रुपमा ज्यान गुमाउन परेको छ । सत्ता संचालन गर्नेहरुका लागि त त्यो ठूलो कुरा नहोला तर ती दुई परिवारका लागि त सर्वोस्व नै सकिएको छ र यसमा राज्य नै दोषी छ । यो त हामीले पटक पटक भनेको कुरा हो ।त्यो घटनाको मुख्य जड भनेकै भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला देखिएको कुरा त स्वयम् प्रहरीका प्रमुखले सार्वजनिक रुपमा नै भनेको कुरा छ तैपनि यी मन्त्री लाचार भएर मन्त्रीको पदमा अझै विराजमान भएको देखिन्छ । मन्त्रीलाई नैतिकहिन भन्नुपरेको कारण पनि यही नै मन्त्री हो । जब प्रश्न उठेपछि र पद त छाड्न पर्छ नि । उनीमा कुनै नैतिकता नभएको जसरी प्रहरीलाई दोष दिएको देखिन्छ । तर, नेपालमा यस्तै नैतिकहिनहरुले नै शासन गरि नै रहेका छन् ।
















