दिपेन्द्र जयसवाल
गन्जभवानीपुर,बाराको करैयामाई र बारागढी गाउँपालिकाका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक शिक्षिकाहरुको लागि जिल्ला स्वास्थ्य कार्यालय कलैया बाराले आयोजन गरेको एच.आ.भि एड्स सम्बन्धि १ दिने अभिमुखीकरण कार्यक्रम बिहीवार सम्पन्न भएको छ ।करैयामाई गाउँपालिकाको सभा हलमा करैमामाई गाउँपालिकाका एच आई भि.फोकल पर्सन रामबिश्वास साहको प्रमुख अतिथ्यतामा भएको सो अभिमुखीकरण कार्यक्रममा करैयामाई गाउँपालिकाका शिक्षा शाखा सहसंयोजक उमेशप्रसाद यादव, श्रीजन सामुदायक माध्यमिक विद्यालय मधुवन हरैयाका प्रधानध्यापक रामबाबु यादव, जनता माध्यमिक विद्यालय उमजनका प्रधानध्यापक रामनाथ चौधरी, श्रीनेपाल राष्ट्रिय माध्यमिक विद्यालय पिपरा बजारका विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बृजमोहन चौधरी, श्रीगम्भिरा ब्रजकिशोर माध्यमिक विद्यालय गडहलका प्रधानध्यपक बालेश्वर यादव, स्वास्थ्य शाखा सहसंयोजक प्रमोदप्रसाद कुशवाहालगायत दुबै पालिकाका आधारभुत तह र माध्यमिक तहका विद्यालयहरुमा अध्यापन गराउने शिक्षकहरु उल्लेखनीय उपस्थिति रहेको थियो ।कार्यक्रमका सहभागीहरुलाई जनस्वास्थ्य अधिकृत रविकुमार भास्करले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रम सञ्चालन पालिकाको स्वास्थ्य शाखा प्रमुख अर्मेन्द्रकुमार गुप्ताले गर्नुभएको थियो ।

Leave a Reply