मनहर्वा,मधेस प्रदेशको जीतपुरसिमरा उपमहानगरपालिकाको सबैभन्दा पुरानो एवंम लोकप्रिय मध्यको एक मनहर्वा गोल्डकप फुटबल प्रतियोगिता माघ महिनाको दोस्रो साताबाट सुरु हुने भएको छ ।२०६९ र २०७१ साल गरि दुई पटक आयोजना गरिएको गोल्डकपको तेस्रो संकरण माघ १३ गतेदेखि २० गतेसम्म संचालन हुने भएको हो ।स्थानीय स्तरमा पछिल्ला केही वर्षयता विभिन्न समाजिक उत्तरदायित्वको क्षेत्रमा सक्रिय मौवा देवी युवा क्लबको आयोजनामा प्रतियोगिता पुन सुरु हुने भएको हो । माघको जाडो मौसममा हुन लागेको प्रतियोगिताको समय भने आयोजकले दिउँसो राखेको छ । चिसोका कारण हुस्सु लाग्ने हुदाँ आयोजकले दिउँसोको समयलाई मुख्य प्राथमिकतमा राखेको हो ।आयोजक मौवा देवी युवा क्लब, वडहर्वाका अनुसार प्रतियोगिताको विजेता टोलीले दुई लाख र उपविजेता टोलीले एक लाख रुपैयाँ प्राप्त गर्नेछन् । हरेक खेलको म्यान अफ दि म्याच, प्रतियोगिका उत्कृष्ट खेलाडी, गोलरक्षक र सर्वाधिक गोलकर्तालाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ ।सहभागी क्लबका बारेमा टुङ्गो नलागेको उल्लेख गर्दै आयोजकले केही दिनमै खेल तालिका सार्वजनिक गर्ने बताएको छ ।स्थानीय स्तरको प्रतियोगिता भएकाले बारा जिल्लासँगै छिमेकी जिल्ला पर्सा, रौतहट, सर्लाहीमा रहेका लोकप्रिय टोलीलाई समेट्ने प्रयास रहने आयोजक मौवा देवी युवा क्लबले बताएको छ ।एक दशकपछि प्रतियोगिताले पुन निरन्तरता पाउँदा स्थानीय खेलप्रेमीसँगै खेलाडी समेत उत्साहित देखिएका छन् ।स्वास्थ्य मनोरञ्जन तथा समुन्नत जीवनको मुल अभिभारा भन्ने नारा सहित आयोजना गर्न लागिएको प्रतियोगिताका लागि तयारी सुरु भैसकेको छ । स्थानीय जनसहभागीतामा आधारित रहेर विभिन्न दातृ निकायसंग आर्थिक सहयोग संकलनदेखि खेलाडी छनोट, खेल मैदानको स्तरोन्नोति लगायतका काम सुरु भएका हुन् ।क्लबका अध्यक्ष निर्मलकुमार यादवले नेपाली फुटबललाई माया गर्ने विभिन्न व्यक्ति संघ सस्थासँग आर्थिक तथा भौतिक सहयोगको अपेक्षा रहेको बताउनुभएको छ ।

Leave a Reply