आरके राजन,सिम्रौनगढ,सिम्रौनगढ नाकामा गाईका तस्करहरु सक्रिय बनेका छन् ।सशस्त्र प्रहरी बीओपी गोलागन्जले शनिवार राती सिम्रौनगढ नाकाबाट तस्कर हुँदै गरेको अवस्थामा ४ वटा गाई नियन्त्रणमा लिएको छ ।प्रहरीले दुई वटा गाई र दुई वटा बाच्छा नियन्त्रणमा लिएको हो । सिम्रौनगढ्को अमरपुर नाका हुँदै भारततर्फ लैजादै गरेको अवस्थामा अमरपुर सीमा नजिकबाट गाई र बाच्छा नियन्त्रणमा लिइएको हो ।प्रहरीलाई देखेपछि गाईका तस्करहरु भने गाई छाडेर भागेका थिए । नियन्त्रणमा लिइएको गाईलाई आइतबार नै लिलामीको प्रक्रियामा राखिएको प्रहरी निरीक्षक जितेन्द्र साहले जानकारी दिनुभयो ।

Leave a Reply