वीरगन्ज,वीरगन्ज महानगरपालिकाको वडा नम्बर २९ को वडा कार्यालयले अनलाईन सेवा सुरु गरेको छ । महानगरपालिकाले सेवाग्राहीलाई सेवा प्रवाह सहज बनाउनका लागि वडाहरुबाट राजस्व तथा कर अनलाईनमार्फत तिर्न सकिने गरी व्यवस्था मिलाएको हो ।

अनलाईन सेवाको वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले आइतबार उदघाटन गर्नुभएको छ । महानगरपालिकाको वडा नम्बर २९ का वडावासीले अब सम्पत्ति कर, घर जग्गा कर, घरको नक्साको करहरु अब वडा कार्यालयको अनलाईनमार्फत नै तिर्न सक्नेछन् । वडा अध्यक्ष धमेन्द्र महतो थारुको अध्यक्षतामा भएको कार्यक्रममा महानगरपालिकाका नगर प्रमुख सरावगी, प्रमुख प्रशासकीय अधिकृत प्रदीप कुमार निरौला लगायतको उपस्थिति रहेको थियो ।

महानगरपालिकाले नागरिकलाई छिटो छरितो सेवा सहज रुपमा प्रवाह गर्नका लागि वडा स्तरबाट नै अनलाईन सेवा शुरु गरेको महानगर प्रमुख सरावगीले बताउनुभयो । अनलाईनमार्फत दिइने सेवा छिटो र सहज हुनुका साथै पारदर्शी पनि हुने नगर प्रमुख सरावगीको भनाइ छ । नगर प्मुख सरावगीले आगामी दिनमा क्रमशः सबै वडामा अनलाईनबाट सेवा उपलब्ध गराउने महानगरको तयारी रहेको पनि जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here