सिमरा,कोरोना संक्रमणबाट बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा दुई जनाको मृत्यु भएको छ । पर्साका बिभिन्न अस्पतालमा गरिएको उपचारको क्रममा बिहीबार उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा वडा नम्बर १ र वडा नम्बर ७ का पुरुष रहेका छन् । नारायणी बयोधा अस्पतालमा जीतपुर सिमरा उपमहानगरपालिका( १ पथलैया बस्ने ३५ वर्षीय पुरुषको मृत्यु भएको छ । बैशाख २२ गते अस्पताल ल्याई भोलिपल्ट पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको थियो । उपचारको क्रममा बिहीबार बिहान उनको मृत्यु भएको अस्पतालले जनाएको छ । यसैगरी, वीरगन्ज हेल्थ केयर अस्पतालमा बाराको जीतपुर सिमरा उपमहानगरपालिका(७ बस्ने ७७ वर्षीय पुरुषको मृत्यु भएको छ । वैशाख १ गते बिरामी भई उपचारका लागि भर्ना गरिएको थियो । दुई दिनपछि पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । आइसोलेसनमा राखेर उपचारको क्रममा उनको पनि बिहीबार मृत्यु भएको थियो ।