ईप्रका कालिकामाईको कार्यालय भवन उद्घाटन

राजन कुमार बानिया

पोखरिया,मधेस प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक मसऊद आलम खाँले शुक्रवार ईलाका प्रहरी कार्यालय कालिकामाईको नवनिर्मित कार्यालय भवनको उद्घाटन गर्नुभएको छ ।

पर्साको कालिकामाई गाउँपालिकाको बिरंचीबर्वामा निर्माण भएको ईलाका प्रहरी कार्यालय कालिकामाईको नवनिर्मित भवनको एक समारोका बीच प्रमुख अतिथि मधेश प्रदेश प्रहरी प्रमुख खाँले विधवत रुपमा पूजापाठ गरि उद्वाटन गर्नु भएको हो ।

संघीय सरकारबाट प्राप्त २ करोड ३२ लाख ९२ हजार ३ सय २४ रुपैयाँको लागतमा निर्माण गरिएको सो भवनभित्र कार्यालय भवन, थुनुवा कोठा,ब्यारेक,शौचालय, पुरुष र महिलाको लागि अलग–अलग हिरासत कक्ष,प्रमुखको कोठा, प्रहरी र कर्मचारीको लागि बस्ने आवास तथा भान्साघरसमेत रहेकोछ ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रहरी नायव महानिरीक्षक खाँले प्रहरी आम नागरिकका समस्या समाधनका लागि खटिने जिम्मेवार निकाय भएकाले उच्च व्यवसायिकता प्रदर्शन गर्दै आमनागरिकको गुनासो एवं पिरमर्कालाई सम्बोधन गर्ने गरी शिष्टता र नम्रताका साथ नागरिकमैत्री प्रहरी सेवा प्रवाह गर्न गराउन कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुुभयो ।

पछिल्लो समय प्रहरीको भौतिक संरचनाहरु आधुनिक बन्दै गइरहेकाले प्रहरीलाई सुविधा प्राप्त मात्र नभइ निष्पक्ष रुपमा काम गर्ने वातावरण पनि सिर्जना भइरहेको उहाँले उल्लेख गर्नुभयो। ‘मधेश प्रदेश भारतसंग सीमा जोडिएको क्षेत्र हो, उहाँले भन्नुभयो, खुलासीबाट गलत तत्वले फाइदा उठाउन नसकनुन भनेर प्रहरी सदैब सचेत हुन आवश्यक छ ।’ उहाँले सीमा नाकाबाट हुने चोरी, तस्करी नियन्त्रण गर्न मातहतका सुरक्षाकर्मीहरुलाई निर्देशन दिनुभएको छ ।

प्रहरी बर्दीको नागरिक भएको र नागरिक बिना बर्दीको प्रहरी भएको भन्दै उहाँले अपराध नियन्त्रणमा जनसमुदायको सहयोगको पनि उत्तिकै जरुरी रहेको बताउनुभयो । हिन्दूहरुको चाड विजयादशमी, दिपावली तथा छठ पर्वलाई मध्यनजर गरी सुरक्षामा विशेष ध्यान दिनुुपर्नेमा उहाँले जोडदिनु भएको छ ।

भवनको उद्वाटन कार्यक्रममा विशिष्ट अतिथि कालिकामाई गाउँपालिका अध्यक्ष बशिष्टकुमार गुप्ता, जिल्ला प्रसाशन कार्यालय पर्साका सहयक प्रमुख जिल्ला अधिकारी अध्यकान्त पौडेल, नेपाली सेनाका प्रमुख दयान्नद कार्की, पर्सा प्रहरी उपरीक्षक रमेश बस्नेत, सशस्त्र प्रहरी उपरीक्षक तेजप्रकाश पोख्रेल, अनुन्ंधानका सहायकप्रमुख दिपक खडका, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, ईप्रका पोखरियाका प्रहरी निरीक्षक आयुषप्रसाद जोशीलगायतले मन्तव्य राखेका छन। उद्वाटन कार्यक्रममा वडा अध्यक्ष जयनारायण प्रसाद, संजय पटेल, सोनालाल चौरसिया, संजय साह, लालबाबु चौरसिया, पूर्ववडा अध्यक्ष पवन तिवारी लगायतका जनप्रतिनिधि,कर्मचारी र स्थानीयहरुको सहभागिता रहेको थियोे। कार्यक्रम सन्चालन प्रहरी निरीक्षक बिशाल मल्लले गर्नु भएको थियो।

Leave a Reply