राजन कुमार बानिया
पोखरिया,
आम जनता पार्टी (आजपा) का अध्यक्ष एंव पूर्वमन्त्री प्रभु साहले प्रमुख दलका नेताहरुका कारण देश असफल भई आर्थिक संकटतर्फ उन्मुख भएको बताउनुभएको छ ।आजपाद्वारा पर्साको पोखरियामा आइतवार आयोजित पार्टी प्रवेश एंव कर्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले मुलुकमा आर्थिक संकट गहिरिदै गएका कारण विभिन्न समस्य देखा परेको बताउनुभयो ।‘कांग्रेस, माओवादी, एमाले लगायत दलका नेताहरू सत्ता प्राप्तिको दौडमा छन् । समृद्धि, सुशासन कसरी कायम गर्न सकिन्छ, नेपाली जनताका चाहना कसरी पूरा गर्न सकिन्छ भन्ने सोच्न उहाँहरुलाई फुर्सद छैन्’ आजपा अध्यक्ष साहले भन्नुभयो, ‘सत्तामा कसरी पुग्ने, सरकार बनाउने र ढाल्ने खेलमा लागेका नेताहरूले रोजगार सृजना गर्न सकेनन् । त्यसैले आज बेरोजगारी बढेको छ । भ्रष्टाचार, कुशासन बढेको छ । देशमा आर्थिक संकट गहिरिदै गएको छ । रोजगार खोजिरहेका युवालाई सरकारले रोजगार दिन सकिरहेको छैन । रोजगारकालागी विदेश जन्छु भन्ने युवाहरूलाई सरकारले गोली हानेर हत्या गर्ने दृश्य हामी देखिरहेका छौं ।’नेताहरुको सत्ता मोहकै कारण यो व्यवस्था असफल भएको बताउदै उहाँले समृद्ध नेपाल निर्माणका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय व्यवस्थामा जानुको विकल्प नभएको दाबी गर्नु भयो । यो सरकार, दल तथा दलका मठाधिशहरु असफल भईसकेको बताउदै अध्यक्ष साहले यो सरकार विघटन गरी अन्तरिम सरकार गठन गरेर देशलाई निकास र वपकास दिएर मुलुक समृद्ध बनाउन सकिने धारणा व्यक्त गर्नु भयो ।
एक अर्को प्रसंगमा आजपा अध्यक्ष साहले वीरगन्ज सहित पुरै मधेशलाई उजाड बनाउँने काम उपेन्द्र यादवले गरेको आरोप लगाउदै उपेन्द्रलाई मधेशबाट बहिष्कार गरी दण्डित गर्नुपर्ने बताउनुभयो । देशकै आर्थिक राजधानी वीरगन्ज सहित मधेशलाई तहसनहन गर्दै बर्बाद गरेर उजाड बनाउँने काम यादवले गरेको उहाँको आरोप छ ।‘सबैभन्दा सुगम भनिएको मधेसको मानव सूचांक अहिले कर्णालीभन्दा पनि पछाडि छ । वीरगन्ज सहित मधेसलाई बर्वाद गर्ने, उजाड बनाउँने, तहसनहस गर्नेलाई अब बहिष्कार गरेर दण्डित गर्नुपर्ने बेला आईसकेको छ’ साहले भन्नुभयो । मधेसी जनता, मधेशका लागि भनेर मधेसलाई नै बर्बाद गर्ने, उजाड बनाउँनेहरु मधेस सरकारमा पुगेपछि मधेसका लागि के गरे भन्ने साहले प्रश्न गरे । जहिले पनि शासनमा छदैछन्, तर उनीहरुले केवल मधेशलाई बर्बाद गर्ने काम मात्रै गरे । के उनीहरुलाई दण्डित गर्ने बेला भएको छैन् ? के उनीहरुलाई यतिकै छाडने हो ? मधेशलाई गुलजार बनाउँने हो भने मधेशलाई उजाड बनाउँनेलाई दण्डित गर्नु पर्नेमा साहले जोड दिनुभयो ।दलितका आवास निर्माण, शिक्षा, स्वास्थ्य, यातायात सबै क्षेत्रमा कुनै एउटा राम्रो काम गर्न नसक्नेहरु सत्तामा बसेर लुट मचाईरहको आरोप साहले लगाए । संघीय सरकार सहित मधेश प्रदेशको सरकार भ्रष्टाचारमा लिप्त रहेको बताउँदै उहाँले सुशासन, समृद्धिका लागि भ्रष्टाचारका विरुद्धमा सशक्त आवाज उठाउँनुपर्ने बताउनुभयो ।बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने, लघुवित्त र सहकारीहरुबाट लिएको सम्पूर्ण ऋण मिनाहा तथा किसानहरुलाई सहुलियत कर्जा उपलब्ध गराउनुपर्ने लगायतका विषयमा आजपाले आवाज उठाउदै आएको छ । यसलाई पुरा गराउन आजपाले घोषणा गरेको माघ १० गतेको मधेश बन्दको कार्यक्रमलाई सफल बनाउन आह्वान गरिएको छ ।आजपा पर्साका अध्यक्ष पदम रसुलको अध्यक्षतामा पोखरीयामा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेसका सुवास कुशवाहा, जसपाका बशिष्ट कुशवाहा, जनमतका केदार कुशवाहा, लोसपाका ओमप्रकाश कुशवाहा, जसपाका महम्द इस्तिखार आजपामा प्रवेश गरेका छन् ।यसैगरी फनेश साह सोनार, सरेश मुखिया, अच्छेलाल राउत कुर्मी, राजन मण्डल, सोनालाल मण्डल, मिलन मण्डल, बैजनाथ साह, प्रयाग साह, लालबाबु साह, सुरज ठाकुर, जितेन्द्र राम, बृजा साह, शम्भु राम, कन्चन साह, जवाहर गिरी, अम्बिका साह, मंगल साह, सोहन राम, विरेन्द्र साह, अमिरिका चौहान लगायतका सयौं स्थानीय नेताकार्यकर्ताहरु विभिन्न पार्टी परित्याग गरी आजपामा प्रवेश गरेका छन् ।
















