कलैया,जिल्ला समन्वय समिति बाराका प्रमुख नरेन्द्रकुमार साहले शिक्षा क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर स्थानीय निकायहरुले वार्षिक कार्ययोजना बनाउनुपर्ने बताउनुभएको छ ।सेभ द चिल्ड्रेनको सहयोगमा आसमान नेपालद्वारा जिल्लाको देवताल गाउँपालिका, करैयामाई गाउँपालिका तथा महागढीमाई नगरपालिकामा संचालित ‘खुशी परियोजना’ को अनुगमन गर्दै प्रमुख साहले शनिवार सो कुरा बताउनुभएको हो । प्रमुख साहले समाज र राष्ट्रको विकासको निम्ति शिक्षा क्षेत्रको भुमिका महत्वपुर्ण रहेकोले त्यसको विकासको लागि सबै तहबाट अथक प्रयास आवश्यक रहेको बताउनुभयो ।
आधारभुत तहबाटै शिक्षाको पहुँचलाई गुणस्तरीय तथा उपलब्धिमुलक बनाउनुपर्नेमा उहाँले जोड दिनुभएको छ । ‘बालबालिका देशका कर्णधार हुन’, प्रमुख साहले भन्नुभयो, ‘राष्ट्रको भविष्य मानिएका बालबालिकाहरुलाई सही दिशा देखाउन समाजका सबै व्यक्तिको कर्तव्य हो ।’जिसस प्रमुख साहले बाराका तीन पालिकामा खुशी परियोजनामार्फत संचालन गरिएको शैक्षिक संस्थाहरुको व्यवस्थापन तथा विद्यार्थीहरुलाई विध्यालयमा टिकाईरख्ने क्रियाकलापहरुको प्रशंसा समेत गर्नु भएको छ ।आसमान नेपालले ३ वर्षे खुशी परियोजना अन्तर्गत विध्यालय कक्षको व्यवस्थापन, शैक्षिक सामग्रीहरुको पूर्ति, गरिब, दलित विद्यार्थीको परिवारका घरमुलीहरुलाई जीविकोपार्जनका लागि सामुहिक खेती, सीप सहितको स्वरोजगारीका लागि अनुदान प्रदान लगायतको कामहरु गरिरहेको परियोजनाका व्यवस्थापक अरविन्द यादवले जनाउनुभयो ।दुई दिनसम्म चलेको अनुगमनमा आसमान नेपालका अध्यक्ष रामप्रवेश यादव, करैयामाई गाउँपालिकाका अध्यक्ष शम्भुप्रसाद यादव, देवताल गाउँपालिकाका अध्यक्ष उदयचन्द्र यादव, महागढीमाई नगरपालिकाकी उपप्रमुख तारा देबी कानु, सेभ द चिल्ड्रेनका प्रोग्राम म्यानेजर चन्द्रदेव साह, विभिन्न पालिकाका प्रमुख प्रशासकीय अधिकृत, शिक्षा शाखा प्रमुख लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply