सिमरा,बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको अमलेखगञ्जमा होमस्टे संचालनको तयारी थालिएको छ । सोही क्रममा स्थानीय २२ जनालाई होमस्टे संचालन सम्बन्धि तालिमसमेत प्रदान गरिएको छ ।उपमहानगरपालिकाको वडा नम्बर २१ र २२ नम्बर वडालाई समेटेर सो क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नको लागि पुर्वाधार तयार पारिरहेको हो । जीतपुरसिमरा उपमहानगरपालिकाले वडा नंम्बर २२ को चकरी गाउँलाई होमस्टे गाउँका रुपमा विकास गर्न लागेको हो ।
होमस्टे संचालनको लागि चकरीका स्थानीयलाई ५ दिने आधारभुत तालिमसंगै १८ हजार मूल्य बराबरको विभिन्न व्यवसायिक सामग्री समेत हस्तान्तरण गरिएको छ ।


















