आरके राजन
सिम्रौनगढ,बाराको सिम्रौनगढ नगरपालिका अन्तर्गत विभिन्न टोलमा नागपञ्चमीको अवसरमा शुत्रवार महावीरी झ्ण्डा मेला लगाइएको छ ।सिम्रौनगढ बजारको छठ घाटसंगै अमरपुर, सतुवाही, कमलपुर, सानो ईट्वाल, ठुलो ईट्वाल लगायत १५ स्थानमा झण्डा मेला लागेको हो । खजानीको रानिवास मन्दिर खेल मैदान, नैकाटोला, बैरिया, हरिहरपुर, अमृतगन्ज, जानकी नगर, ननसगरा ढाट लगायतका स्थानमा पनि झण्डा मेला लागेको थियो ।मेलामास्थानीयले समुहगत झाँकी, ठकरा, बाना, लठ्ठी खेल र शयरवाजीसहित प्रदर्शन गरेका थिए ।त्यस्तै नाग पंचमीको अवसरमा शुक्रवार नै सिम्रौनगढ वडा नम्बर ६ सतुवाही टोलको सपहीमाई मन्दिरमा पूजापाठ पनि गरिएको छ । मन्दिरमा पूजा गर्न बिहानैदेखि श्रद्धालु भक्त्जनहरुले ठूलो संख्यामा उपस्थिति रहेको थियो ।

Leave a Reply