भदौ २३ र २४ गतेको घटना र परिवेशपछि नेपालमा फरक परिवेश उत्पन्न भयो । त्यही घटनापछि देशको प्रधानमन्त्री जेनजीकै बलमा फेरिए र वर्तमान प्रधानमन्त्री सुशीलाका कार्की सोही आन्दोलनको बलमा बन्नुभएको हो । कार्की नेतृत्वको सरकारमा सहभागी भएका मन्त्रीहरु पनि जेनजीको चाहनाभन्दा फरकका रहेनन् ।

जेनजीहरुले जसजसको नाउँ लिए, उनीहरु नै सरकारमा सहभागी भए तर जब चुनाव आयो तब उनीहरुले एकाएक सरकारको साथ छोडेर चुनावमा होमिए । उनीहरु चुनावमा लड्न नै पाउदैनन् भन्ने त छैन तर अप्ठेरो अवस्थामा सरकारको साथ छाड्नु ठीक होइन ।
अहिलेको सरकारले निष्पक्ष रुपमा चुनाव गराउनु पर्नेछ । यो सरकारले पाएको मुख्य अभिभारा पनि यही नै हो । तर चुनावको मिति घोषणा भएसंगै देश चुनावमा गएको हो । यो चुनावका लागि सघाउने कर्तव्य पनि सरकारमा रहेकाहरुको हो तर सरकारलाई साथ दिनुको सट्टा एकाएक केही थान मन्त्रीहरु चुनावमा गएपछि यो अभिभारा केवल सुशीला कार्कीको काँधमा मात्र रहन्छ कि भन्ने पनि केहीले चर्चा गरेको सुनिएकै हो तर अहिलेसम्म सुशीला कार्की एक्लै हुनुहुन्न तैपनि सबैले छाड्ने हो भने त उहाँ एक्लै हुन पनि के बेर र ।

त्यसैले देश चुनावको माहोलमा रहेका बेला कि त उनीहरु मन्त्री नै बन्न हुन्थेन, मन्त्री बनेपछि साथ पनि छाड्न हुन्थेन । चुनावमा जनतासँग उनीहरुले यो वा त्यो कारण बताएको सुनिन्छ यद्यपि त्यो कारण प्रर्याप्त नहोला ।जनताले विश्वास गरे त ठीकै छ नत्र फेरि पुगेकाहरुले अर्को फण्डा पनि गर्न सक्छन् नि । त्यसैले अहिलेका लागि जे भएपनि सरकारमा रहेकाहरुले धोका दिएकै हुुन् यति भन्दा चैं अन्यथा नहोला ।

 

Leave a Reply