निजगढ,निजगढ नगरपालिका वडा नम्बर १० स्थित नेपाल राष्ट्रिय मावि लालाको ४९औं वार्षिकोत्सव तथा अभिभावक दिवस शनिवार सम्पन्न भएको छ ।मधेस प्रदेशका प्रदेश सभा सदस्य त्रिलोकी चौधरीले वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रमको उद्धाटन गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै सांसद चौधरीले विद्यालयको उन्नति र प्रगतिको लागि आफूले सक्दो सहयोग गर्ने बताउनुभयो ।कार्यक्रमकी विशिष्ठ अतिथि निजगढ नगरपालिकाकी उपप्रमुख सोममाया थिङ्गले पनि नगरमा शिक्षा क्षेत्रको विकासको लागि नगरपालिकाले नयाँ योजनाका साथ काम गरिरहेको जानकारी दिनुभयो ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमिरी स्याङ्गतानको अध्यक्षतामा भएको सो कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दिनानाथ साहले शैक्षिक र लेखापाल महेश घिमिरेले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।कार्यक्रममा विद्यालयकी सबैभन्दा अनुशासित विद्यार्थीको रुपमा कक्षा नौंमा अध्ययनरत छात्रा बुद्धिमाया थिङ्गसहित विद्यालयको शैक्षिक र अतिरिक्त क्रियाकलापमा विजयी छात्रछात्राहरुलाई पुरस्कृत र शिक्षकहरुलाई पनि सम्मान गरिएको थियो । विद्यालयमा हाल ४ सय ५० विद्यार्थी अध्ययन गरिरहेका छन ।

Leave a Reply