निजगढ, १० साउन– निजगढमा रहेका लायन्स क्लवका सदस्य र पदाधिकारीहरुले शनिबार स्थानीयको घरघरमा पुगेर फल÷फुलका विरुवा निशुल्क वितरण गरेका छन ।
निजगढस्थित लायन्स क्लव अफ निजगढ पिस, लायन्स क्लव अफ निजगढ र निजगढ सिटीले निजगढ नगरपालिका वडा नम्बर ७, ८ र ९ स्थित पुर्वपश्चिम राजमार्ग दाँया बाँया घर भएका स्थानीयलाई फल÷फुल, तरकारी र जडिबुटीका विरुवा वितरण गरेका हुन । क्वलले शुक्रबारमात्रै सुनकागति, अमला, अम्बा, सजिवन, जमुना, निम, हर्रो, बर्रो बेल, गोलमोहोर र बाँसलगायतका ७ हजार विरुवा विरुवा वितरण गरेको लायन्स क्लव अफ पिसका अध्यक्ष पवन श्रेष्ठले जानकारी दिनुभयो । क्लवले नगरापकिालको २ वटा टेक्टर र एउटा टेम्पुमा राखेर विरुवा घरघरमा पुर्याएर वितरण गरेको हो । घरदैलोमा निशुल्क पाएपछि विरुवा लिन आउने स्थानीयको राजमार्ग छेउछाउमा भिड लागेको थियो ।
राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई भरतपुर चितवन र डिभिजन वन कार्यालय सिमराले निशुल्क उपलब्ध गराएको विरुवा स्थानीयलाई वितरण गरिएको लायन्स क्लव अफ निजगढका अध्यक्ष रामचन्द्र जैसवालले बताउनुभयो । ‘वातावरण र जनस्वास्थ्य संरक्षणका दुष्टिले सबै विरुवाहरु उपयोगी छन, अध्यक्ष जैसवालले भन्नुभयो, जडिबुटी र फल÷फुलका विरुवाबाट पौष्टिक आहार प्राप्तिसंगै र वातावरण संरक्षणमा पनि मद्दत पुग्छ ।’ जैसवालले क्लवले उपलब्ध गराएको विरुवा स्थानीयले आफनो घर÷आँगन र करेसाबारी वा खेतबारीमा पनि रोप्न सक्ने बताउनुभयो । निजगढका ३ .वटै क्लवका सदस्यले घरदैलोमा पुगेर संयुक्त रुपमा विरुवा वितरण गरेका हुन ।
क्ववका पुर्व अध्यक्ष दिपेन्द्र श्रेष्ठ, पद्म तिमल्सिनागायतले स्थानीयलाई विरुवा वितरण गर्न भएको थियो । कार्यक्रममा लायन्स क्लवका जोन पर्शन विनोद खरेलकोसमेत उपस्थिति रहेको थियो ।
क्वलले यसअघि शुक्रबार बिहान निजगढ नगरपालिका कार्यालयमा एक कार्यक्रमको आयोजना गरी सप्ताहाव्यापी वृक्षारोपण अभियानको शुरुवात गरेको थियो । नगरपालिका उपप्रमुख लिलादेवी लामिछानेको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रमको सभापतित्व कलवका अध्यक्ष जैसवालले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै उप्रमुख लामिछानेले सहनीय कार्य गरेकोमा क्वलका पदाधिकारीहरुलाई धन्यवाद दिनुभएको थियो ।
सोही अवसरमा नगरपालिका कार्यालय परिशरमा गोलमोहोर, कल्की सपेतालगायत विभिन्न जातका विरुवा पनि रोपिएका थिए । सो कार्यक्रममा निजगढ नगरपालिका जनप्रतिनिधि र समाजसेवीहरुकोसमेत सहभागिता रहेको थियो । सप्ताहाव्यापी वृक्षारोपण अभियानअन्तरगत क्लवले यो वर्ष निजगढ नगरपालिकाका स्थानीयलाई २२ हजार विरुवा वितरण गरेर रोप्ने योजना बनाएको छ ।
पहिलो चरणअन्तरगत पुर्वपश्चिम लोकमार्ग छेउछाउका बासिन्दाहरुलाईमात्र उपलब्ध गराइएको भएपनि आगामी दिनमा नगरका सबै वडामा पुगेर विरुवा वितरण गर्ने योजना रहेको लायन्स क्लवका अगुवा प्रभात सिग्देलले जानकारी दिनुभयो ।