मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले पछिल्लो समय यो प्रदेसमा अबैध भनिएका अस्पतालहरु बन्द गर्ने अभियान नै संचालन गरेको जस्तो देखिन्छ । मधेसका सबै आठ वटै जिल्लामा विगत केही महिनादेखि सिंहले चलाएको यो अभियान अहिले पनि जारी छ ।सिंहको यो अभियान कानुनी र व्यवहारिक रुपमा कति सही र गलत छ त्यो त फरक कुरा भयो तर अभियान भने चलिरहेको छ । तर बाराको कलैयामा भने त्यहाँको स्थानीय सरकारले मुख्यमन्त्रीको कदमको चुनौती दिएको छ । कलैयाका नगर प्रमुखले मुख्यमन्त्रीले बन्द गरिदिएको अस्पताल संचालनका लागि अर्को आदेश दिएपछि प्रदेश र स्थानीय सरकारबीचमा लफडा सतहमा आएको हो ।

अब आम नागरिकहरुको सरोकार भएको अस्पताल जस्तो संवेदनशील स्थानमा सरकारका प्रमुखहरुकाबीचमा लफडा हुनु राम्रो कुरा होइन । मुख्यमन्त्रीले के आधारले यी अस्पतालहरु बन्द गरेको हो र नगरप्रमुखले के आधारले संचालनका ल्याउ भनेका हुन ।यीदुबै कुरा नागरिकहरुकाबीचमा स्पष्ट हुन जरुरी छ । संचालनका लागि अयोग्य भए फेरि त्यो अस्पतालमा उपचारका क्रममा केही बद्मासी भए यसको जवाफ कसले दिने ? हुनत स्थानीय सरकारले खोल्ने अधिकार दिएपछि यसको नैतिक जिम्मेवारी त स्थानीय सरकार नै हुन्छ ।तैपनि बन्द गर्न भनिएका यस्ता अस्पतालहरुमा नागरिकहरुले कसरी सेवा लिने ?विश्वास कसरी गर्ने ? यो मुल प्रश्न हो । झट्ट हेर्दा सिंह र कलैयाका मेयर बिनोद साहले यो विषयलाई राजनीति गर्ने मुद्दा बनाएको जस्तो पनि देखिन्छ । तर अस्पताल जस्ता संवेदनशील स्थानमा राजनीति हुनु दुःखद हो र नहोस् पनि ।
प्रदेश सरकार र स्थानीय सरकारले कम्तीमा कलैयाका १२ वटा अस्पतालहरुका विषयमा चैं जवाफ दिन जरुरी छ।

 

Leave a Reply