आरके राजन
सिम्रौनगढ,
नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले आफूहरुले कसैको पनि तानाशाही प्रवृत्ति नसहने बताउनुभएको छ ।प्रहरीको गोली लागेर मृत्यु भएका सिम्रौनगढ नगरपालिका वडा नम्बर १ नामसागरा ढाट निवासी स्व लक्ष्मी मुखया बिनको १३औं दिनेको पुण्य तिथिमा सिम्रौनगढमा बिहीवार आयोजना गरिएको श्राद्धाञ्जली सभामा सम्बोधन गर्दै प्रमुख अतिथि पूर्वमन्त्री यादवले यस्तो बताउनुभएको हो ।देशको परिवर्तनको लागि, जनताको सुरक्षाको लागि विधिको शासन कायम गराउनका लागि जस्तो सुकै तानाशाहीरुलाई पनि कांग्रेसले नछोडने महामन्त्री यादवले उद्धोष गर्नुभयो ।गोली प्रहार गर्ने प्रहरीलाई बर्खास्त गर्न माग गर्दै नेता यादवले पीडित परिवारमा राहत तथा बालबच्चाहरुलाई शिक्षा उपलब्ध गराउन सरोकारवालासंग आग्रह समेत गर्नुभएको थियो ।सोही कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काग्रेसका अर्का सहमहामन्त्री उमाकान्त चौधरीले लक्ष्मी मुखया बिनको हत्याको घटना नियोजित रुपमा घटाइएको बताउदै यसमा मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादव र सिम्रौनगढ नगरपालिकाका नगर प्रमुख किशोरीप्रसाद कलवारको पनि हात हुनसक्ने अंशाका गर्नुभएको थियो ।‘सुतेको काँग्रेसलाई जिस्काउने काम नगर्नुहोस, उहाँले भन्नुभयो, काग्रेस ब्युझियो भने ठुला भनाउदाहरुको होसहवास गुम्छ ।’सहमहामन्त्री चौधरीले स्व. लक्ष्मी बिनको मृत्युले नेपाली काग्रेस पार्टीलाई अपुरणीय क्षेति भएको भन्दै मृतआत्माको चिरशान्तिको कामना र शोकाकुल परिवारजनमा धैर्य धारणका लागि शक्ति प्राप्त होस भन्ने कमना समेत गर्नुभएको थियो ।कार्यक्रममा नेपाली काँग्रेस मधेस प्रदेश समितिको तर्फबाट उपसभापती चन्द्रशेखर कुमार यादवले बिनको परिवारलाई राहत स्वरुप १ लाख २५ हजार र आदर्शकोतवाल गाउँपालिकाका अध्यक्ष जवाहरप्रसाद साहले व्यक्तिगत रुपमा १ लाख ५ रुपैया सहयोग गर्ने घोषना गरेका थिए । यसअिघ महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र यादवले ५ लाख आर्थिक सहयोगको घोषणा गर्नुभएको थियो भने सिम्रौनगढ नगरपालिकाको बोर्ड बैठकबाट १० लाख रुपैया सहयोग दिने पनि सोही अवसरमा जानकारी गराइएको थियो ।नेपाली काग्रेस बारा क्षेत्र नम्बर १ का सभापती विजयशंकर यादवको सभापतित्वमा भएको सो कार्यक्रममा नेपाली काग्रेस केन्द्रीय सहमहामन्त्री एव पूर्वमन्त्री उमाकान्त चौधरी, नेपाली काग्रेस मधेस प्रदेश उपाध्यक्ष चन्द्रशेखरकुमार यादव, नेता उपेन्द्र जयसवाल, रामनरेश कान्तकुशवाह, सिम्रौनगढ नगरपालिका करार ज्यालादारी कर्मचारी संघका अध्यक्ष नितेश यादव, सिम्रौनगढ नगरपालिका शिक्षक सघका अध्यक्ष उमाशंकरप्रसाद यादव, सिम्रौनगढ नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष दिनदयाल मुखिया, वडा नम्बर ३ का वडा अध्यक्ष एजुलाह अन्सारील, संचारकर्मी सिकेन्द्र पासवानगायतले बिनप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए । वक्ताहरुले प्रहरीले अनाहकमा गोली प्रहार गरी बिनको हत्या गरेको आरोप लगाएका छन ।सिम्रौनगढ नगरपालिकका प्रमुख प्रशासकीय अधिकृत महेश मिश्रालाई हाजिर गराउने क्रममा भएको झडपमा प्रहरीले चलाएको गोली लागेर २४ बर्षिय मुखिया बिनको गत मंसिर २७ गते मृत्यु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here