काठमाण्डौ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परेकामध्ये अहिलेसम्म ११ जनाको शव भेटिएको छ । सरकारले आइतवारसम्म ११ जनाको शव फेला परेको जानकारी दिएको हो ।राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टले अहिलेसम्म ११ जनाको शव भेटिएको र तीमध्ये कुनै मानव अङ्गमात्रै पनि फेला परेको बताउनुभयो ।

गएको मङ्गलवार बिहान आएको बाढीमा परेका अझै १७ जना बेपत्ता छन् । एक जना घाइते भएका छन् । खोज तथा उद्धारका लागि एक हजार नौ सय ५० जना सुरक्षाकर्मी परिचालन भएका छन् ।बाढीपछि सात सय ४९ जनाको स्थल तथा दुई सय जनाको हवाई उद्धार भएको छ । बाढीले ४७ वटा विद्युतीय गाडी, २३ वटा कार्गो सेन्टर कन्टेनर ट्रक र ६ वटा ठूला गाडी बगाएको छ । त्यस्तै दुई वटा पुल पूर्णरूपमा क्षति भएको छ ।स्याँफ्रुबेसीबाट टिमुरेसम्मको १६ किलोमिटर सडकको धेरै ठाउँमा क्षति पुगेको छ । यो सडक खण्डमा ठाउँठाउँमा गरेर एक हजार दुई सय मिटर सडक पूर्णरूपमा क्षति भएको कार्यकारी प्रमुख भट्टले बताउनुभयो । बाढीले पुल बगाएसँगै रसुवा–चीन आवतजावत पूर्णरूपमा बन्द भएको छ ।
बाढीले थुनिएको केरुङ खोलाको पानी खोल्न शुरू
रसुवा – चिनियाँ पक्षले उपकरणको प्रयोग गरी ल्हेन्दे खोलामा आएको बाढीले थुनिएको केरुङ खोलाको पानी खोल्न शुरू गरेको छ ।ल्हेन्दे खोलाको बाढीले केरुङतर्फबाट आएको खोलाको बहाव रोकिदिएपछि सीमापारि तिब्बतर्फ जमेको पानी उपकरणका सहायताले खोल्न शुरू गरेको हो । स्थानीय सीमा सुरक्षा अधिकारीका अनुसार ल्हेन्दे र कुरुङ खोलाको दोभानमा ठूलाठूला ढुङ्गा, रुख तथा काठका मुढा थुप्रिएपछि चीनतर्फको सडकमा पानी जम्न गई ३० वटाभन्दा धेरै कन्टेनर डुबेका छन् ।यही असार २३ गते केरुङबाट सामान लिई फर्केका ती कन्टेनर समय अभावका कारण नेपालतर्फ प्रवेश गर्न नपाएपछि तिब्बतर्फ नै थन्किएका ती कन्टेनर त्यही दिन राति आएको बाढीका कारण डुबानमा परेका हुन् । स्थानीय केरुङ खोलामाथिको राजमार्गमा लामबद्ध राखिएका कन्टेनरसहित आसपासमा रहेका केही घरसमेत डुबानमा परेको सीमा सुरक्षा अधिकारीहरूले जनाएका छन् ।

नेपालतर्फ रसुवा भन्सार कार्यालय हाताभित्र जाँचपास भएका तर चालक अभावका कारण काठमाण्डौ लैजान नसकिएका ७० वटा विद्युतीय कार, सिनो कम्पनीको ६ वटा ठूला ट्रक र चालू अवस्थामा रहेका २४ वटा नेपाली कन्टेनर बगाएको प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराइले जानकारी दिनुभयो । यसैगरी क्षतिग्रस्त अवस्थामा रहेका केही गाडीलाई अहिले सुरक्षित ठाउँमा सार्न लागेको उहाँले बताउनुभयो ।असार २४ गते एक्कासी आएको ल्हेन्दे खोलाको बाढीले ६ चिनियाँ, तीन नेपाल प्रहरी र पाँच नेपाली कामदारलाई बगाएको रसुवागढीमा रहेका वरिष्ठ चिनियाँ प्राविधिक वाङले जानकारी दिनभयो ।

यसैगरी रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार एक चिनियाँ कम्पनीमा काम गर्नेसहित ६ नेपाली गाडी चालकसमेत गरी २० जनालाई बाढीले बगाएको छ ।त्यस्तै बाढीले रसुवागढीमा रहेको सुक्खा बन्दरगाह निर्माणमा संलग्न तिब्बत फुली कन्स्ट्रक्सको एक टिपर, सिमेन्ट घोल्ने मिक्स्चर एक, एक्स्काभेटर एक, रोलार एक र जीप एक वटा बगाएको छ ।उहाँले भन्नुभयो, ‘खोलामा एक्कासी बाढी आए छ, नजिकै रहेका सुरक्षाकर्मीले सुरक्षित ठाउँतर्फ जान भन्दै कराउन थाले, हामी अत्तालिएर भाग्यौँ, भाग्न नभ्याउने केही साथीलाई बाढीले बगायो, हामी भने उम्केर घट्टेखोलातर्फ पुगी ज्यान जोगाउन सफल भयौँ ।’

यसैगरी गोसाइँकुण्ड गाउँपालिकापा–२ का अध्यक्ष कामी छिरिङ तामाङले भन्नुभयो, ‘बाढी आएको सूचना पाउनासाथ भन्सार यार्डका मानिसको याद आयो । डिलमा बसेर उनीहरूलाई भाग भन्दै सतर्क गरायौँ । त्यसपछि जोखिममा रहेका आफ्ना वडावासीलाई सजक रहन अनुरोध ग¥यौँ, त्यही पनि अकल्पनीय बाढीका कारण ठूलो धनजनको क्षति हुनपुग्यो, यहाँ अहिले हामी दुःखको अवस्थामा छौँ ।’

अध्यक्ष तामाङले समग्र क्षतिको यकिन विवरण तयार गरी बाढी पीडितलाई राहत दिन तथा काम विशेषले अहिले केरुङमा रहेका नेपाली दाजुभाइलाई सकुशल घर फर्काउने वातावरण तयार गर्न सरकारको ध्यानाकर्षण गर्नुभयो ।
स्थानीयवासी पुरूषोत्तम पौडेलले ‘मानसरोवर–कैलाश’ दर्शन गरी फर्केका यात्रुलाई रसुवागढीमा रहेको मितेरी पुल बगाएपछि तातोपानी नाका हुँदै नेपालतर्फ आउने व्यवस्था मिलाइएको बताउनुभयो । यसैगरी मानसरोवर कैलाश यात्रा सम्पन्न गरी नेपालतर्फ प्रवेश गरिसकेका यात्रुलाई भने यही असार २४ र २५ गते हेकप्टरमार्फत गन्तव्यस्थानतर्फ पु¥याइएको प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिनुभयो ।उहाँका अनुसार अहिले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल सम्बद्ध सुरक्षाकर्मी खोज तथा उद्धार कार्यमा जुटेका र अशक्त एवम् असहायको सहयोगमा तैनाथ रहेका छन् ।

बाढीका कारण स्याफ्रुबेँसीदेखि रसुवागढीसम्मका धेरैजसो सडक खण्ड ध्वस्त भएपछि पूर्णरूपमा सडक अवरुद्ध भई त्यस क्षेत्रको जनजीवन सुनसान रहेको छ । वडाध्यक्ष तामाङका अनुसार अहिले रसुवागढी आसपासका क्षेत्रमा बाढीबाट पुगेको क्षतिको विवरण लिने काम शुरू भएको तथा स्थानीयवासी एवम्क र्मचारी भयभित अवस्थामा रहेको अवस्था छ ।. वडा नं. ०१ सिंगौल स्थित गाँउघरबाट घुमफिर गरी रहेको अवस्थाबाट पक्राउ गरी निम्न प्रतिवादीलाई प्रहरी कर्मचारीको जिम्मा लगाई सिमरा एर्पोटबाट प्लेनद्वारा काठमाण्डौ प्रहरी परिसरमा

Leave a Reply