निजगढ,राष्ट्रिय भूमि अधिकार मञ्च नेपालले संगठन एवंम अभियान सुदृढीकरणको लागि जीतपुरसिमराको टाँगियाबस्तिमा आयोजना गरेको २ दिने अभिमुखीकरण कार्यक्रम बिहीवारबाट शुरु भएको छ ।आत्मनिर्भर सेवा केन्द्र तथा राष्ट्रिय भूमि मञ्च, नेपालको सहयोगमा जिल्ला भूमि अधिकार मञ्च बाराले आयोजना गरेको कार्यक्रम जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ टाँगियाबस्तीस्थित नेपाल मगर संघको हलमा शुरु भएको हो ।
“सुरक्षित घरबास सबैलाई, खोतीयोग्य जमिन किसानलाई” भन्ने नाराका साथ शुरु भएको सो कार्यक्रममा निजगढ, कोल्हवी, जीतपुरसिमरासहित बारा जिल्लाका विभिन्न स्थानीय तहका ३० जना प्रतिनिधिहरूको सहभागिता रहेको थियो । प्रशिक्षण कार्यक्रमको उद्घाटन जिल्ला भूमि अधिकार मञ्चका अध्यक्ष सन्तबहादुर सुनारले गर्नुभएको थियो ।जिल्लामा संगठनकोसुदृढीकरण, बारा जिल्लाको नक्शांकन, भूमि आयोगसँगको छलफल र वार्षिक योजना निर्माण जस्ता विषयमाप्रशिक्षण केन्द्रित रहने बताइएको छ । सहभागीहरूले जिल्लामा भूमि आयोगको गठनपछि भूमि नापजाँच, लगत संकलन, प्राथमिकता निर्धारण र निस्सा प्राप्तिमा सहज हुने आशा गरेका छन् ।
प्रशिक्षणबाट भूमि अधिकार सम्बन्धी विषयमा थप जानकारी, सामूहिक रणनीति, र योजनाहरू बनाउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको कार्यक्रमका प्रमुख अतिथि जीतपुरसिमरा उपमहानगरपालिकाका कार्यपालिका सदस्य पवित्रा कार्कीले बताउनुभयो ।कार्यत्रमकामा जीतपुरसिमरा उपमहानगरपालिका १६ का वडा सदस्य हेमबहादुर बर्जा, राष्ट्रिय भुमिअधिकार मञ्चकी केन्द्रीय कोषाध्यक्ष पातली थामी, केन्द्रीय सदस्य विन्दु श्रेष्ठ, मञ्चका मधेस प्रदेश सचिव अनुप माझी, सहसचिव टिकाबहादुर अधिकारी, राष्ट्रिय भुमिअधिकार मञ्चका पूर्वकेन्द्रीय सदस्य रमेश सापकोटालगायतले कार्यक्रमको सफलताको लागि शुभकामना दिएका थिए ।
ड दिनुभयो । उहाँले सुरक्षाका चार अङ्ग नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान र नेपाली सेनालाई प्रभावकारी ढङ्गले सुरक्षा व्यवस्थापन गर्न आग्रह गर्नुभयो ।बैठकमा सुरक्षा अधिकारीले गढीमाई मेलामा सुरक्षाका तीन घेरा रहने जसमा पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी रहने जानकारी गृहमन्त्रीलाई गराउनुभएको थियो ।साताव्यापी सिताराम विवाहपञ्चमी महोत्सवमा मात्रै १४ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन हुने धनुषाका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बताउनुभयो ।बैठकमा गृह, सञ्चार तथा कानुन मन्त्रालय मधेश प्रदेसका सचिव उद्धवप्रसाद रिजाल, सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिबास महोत्तरीका प्रमुख एवम् सशस्त्र प्रहरी नायब महानिरीक्षक कालिदास धौवजी, राष्ट्रिय अनुसन्धान मधेस प्रदेश कार्यालयका प्रमुख एवम् अनुसन्धान निर्देशक माधवप्रसाद तिमिल्सिना, मधेस प्रदेश प्रहरी कार्यालय मधेस प्रदेशका प्रहरी उपरीक्षक सुवासचन्द्र बोहोरा, प्रहरी उपरीक्षक ईश्वर थापासहितका उच्च सुरक्षा अधिकारीको सहभागिता थियो ।

















