कार्यक्रममा पूर्व प्रमुख जिल्ला अधिकारी सिन्हा आफ्नो मन्तव्य राख्दै ।

कृपा संवाददाता

सिकिन्दर साह
सिम्रौनगढ – बजिका भाषाको प्रचार प्रसार गर्नुपर्ने आवश्यकता रहेको पूर्व प्रमुख जिल्ला अधिकारी कम्लेस्वर सिन्हाले एक कार्यक्रममा संम्बोधन गरेका थिए । बाराको सिम्रौनगढ नगरपालिकाको कंकाली उच्च माध्यमिक विधालयको प्राङ्गणमा चलिरहेको अन्तरक्रिया कार्यक्रममा बजिका भाषाको प्रचार प्रसार गर्नुपर्ने कुरामा जोड दिएका थिए ।कार्यक्रममा पूर्व प्रमुख जिल्ला अधिकारी सिन्हाले आफ्नो अनुभव सुनाउदै भने मैले लोक सेवा आयोग दिन गएको बेला भाषा छ्नौट गर्नुपर्ने बिषयमा बजिका भाषा नै लेखेको थिए । त्यहि बेला त्यो भाषा प्रति लोक सेवा आयोगका कर्मचारीहरु पनि चकित भएका थिए ।

 

 

 

 

 

 

 

 

 

 

बजिका भाषा पहिलो चोटि सुनेको लोक सेवा आयोगका कर्मचारीले भनेको थिए । बजिका भाषा रौतहट, सर्लाही, महोतरी र भारतको हाजिपुरमा समेत बढि मात्रामा मानिसहरुले बोल्ने गरेको सुनाए । मैले मधेश आन्दोलनको समयमा बारा जिल्लाका प्रमुख जिल्ला अधिकारीको पदमा रहेर देशलाई सेवा समेत गरेको जानकारी दिए । पहिला देखि बजिका भाषा उत्थान तर्फ लागेको आ – आफ्नो क्षेत्रमा आफ्नो भाषालाई भोजपुरी, मैथली सबै भाषालाई उत्थान गर्नुपर्ने आवश्यकता रहेको समेत मन्तव्य व्यक्त गरेका थिए ।

 

 

 

 

 

 

 

 

 

 

 

 

कार्यक्रममा बजिका साप्ताहिक पत्रिकाका सह सम्पादक किसुन दयाल यादव , बजिका भाषा बिद सन्जय मित्र , गरुडा नगरपालिकाको नगर प्रमुख श्याम नन्दन सहनी, नेपाल कम्यूनिष्ट पार्टीका जिल्ला सदस्य श्याम किशोर यादव , समाजवादी पार्टीको सिम्रौनगढ नगर अध्यक्ष पानालाल कुशवाहा , राजपा नेपालका सिम्रौनथढ नगर अध्यक्ष किशोरी प्रसाद जयसवार , अग्रज पत्रकार रामेश्वर मेहता लगायत स्थानिय भद्र भलादमीको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here