मनोज शाह
जीतपुर,बाराको जीतपुर बजारमा मेडिकल व्यवसायी दुर्गा प्रसाईका समर्थकहरूले आज शक्ति प्रदर्शन गरेका छन् । सयौँको संख्यामा उपस्थित उहाँका समर्थकहरुले नाराबाजीसहित जीतपुर बजारमा ¥याली प्रदर्शन गरेका थिए ।
प्रसाईका समर्थक राजिन्द्र गाठीको अगुवाइमा शान्तिटोलको खुल्ला चौरबाट शुरु भएको सो ¥याली जीतपुरको मेन रोड हुँदै केराढोकाबाट कुन्छामा कोण सभामा परिणत भएको थियो । सभाका वक्ताहरुले दुर्गा प्रसाईको रिहाइ, सहकारी र वित्तीय संस्थाको ऋण मिनाहा हुनुपर्ने बताएका थिए । जिल्लाका विभिन्न पालिकाबाट भेला भएका प्रदर्शनकारीको समूहमा महिलाहरुको संख्या अधिक रहेको थियो ।सभास्थल वरपर ठूलो संख्यामा सुरक्षाकर्मीहरूको उपस्थिति रहेको थियो भने ¥याली र सभाको अवलोकन गर्न स्थानीयको पनि बाक्लो उपस्थिति रहेको थियो ।
प्रसाईलाई थुनामुक्त गर्न आदेश
काठमाडौं,मेडिकल व्यवसायी दुर्गा प्रसाईं थुनामुक्त हुनुभएको छ ।सर्वोच्च अदालतले प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएपछि उहाँ आज छुटनुभएको हो ।प्रसाईंका छोरा निराजनले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनवाइ गर्दै सर्वोच्चले उहाँलाई थुनामुक्त गर्न आदेश दिएको हो ।सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले आइतवार प्रसाईंलाई हिरासत मुक्त गर्न आदेश दिएको थियो ।


















