पुष्पराज खतिवडा
मनहर्वा,बारा प्रहरीले ३६ किलो लागू औषध गाँजासहित एक भारतीय नम्बर प्लेटको स्कारपिओ नियन्त्रणमा लिएको छ ।
शुक्रवार विहान ०७ः३० बजेको समयमा प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैयाबाट म्ीद्धऋल्द्यघटडज्ञ नम्बरको भारतीय स्कारपिओ गाँजासहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।पथलैयास्थित सर्भिस लाईनमा पार्किङ गरी राखेको अवस्थामा शंकालागि स्कारपिओ चेकजाँच गर्दा पछाडिको भागमा बक्स बनाएर लुकाइछिपाइ राखेको अवस्थामा गाँजा पनि बरामद भएको थियो । अबैध लागू औषध गाँजा बरामद गरी नियन्त्रणमा लिएको गाँजा र गाडीलाई आवश्यक कानुनी प्रकृया अगाडि बढाइएको बाराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो ।

Leave a Reply