पुष्पराज खतिवडा
मनहर्वा,कलैया–वीरगञ्ज सडक खण्डमा शनिवार भएको मोटरसाइकल दुर्घटनामा २ जना युवकको ज्यान गएको छ । मृत्यु हुनेमा जिल्लाको कलैया उपमहानगरपालिका वडा नम्बर १३ बलिरामपुर बस्ने राजेश मेहता खत्रीका छोरा २२ वर्षका कुन्दन मेहता खत्री र सोही पालिका वडा नम्बर १२ शितलपुर बस्ने बिनोदप्रसाद कुशवाहाको छोरा वर्ष २२ का अभिमनु कुशवाहा रहेका छन् ।शनीवार अपराहन्न १२ः१० को समयमा कलैयाबाट वीरगञ्जंतर्फ जादै गरेको प्र.०३–०३०–प ४३९८ नंम्बरको मोटरसाईकल प्रसौनी गाउँपालिका वडा नम्बर २ स्थित दुधौरा खोलाको पुलको बाँया साईडको पिलरमा ठोकिएर दुर्घटना भएको थियो ।दुर्घटनामा परि गम्भीर घाइते दुबैको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । मृतक खत्रीको एल.एस. न्युरो अस्पताल परवानीपुरमा र कुशवाहाको एनएमसी अस्पताल वीरगञ्जंमा उपचारका क्रममा मृत्यु भएको हो ।उनी दुबैजना एउटै मोटरसाईकलमा सवार थिए । तीव्र गतिका कारण मोटरसाइकल दुर्घटना भएको बारा प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिनुभएको छ । मृतक खत्री कलैया उपमहानगरपालिका वडा नम्बर १३ का वडा अध्यक्षका छोरा हुन् ।
















