सिकिन्द्र साह
सिम्रौनगढ,निर्धन उत्थान लघुबित्त संस्थाले सिम्रौनगढमा मृतक सदस्य परिवारमा बीमा बापतको रकम हस्तान्तरण गरेको छ ।संस्थाले बारा जिल्लाको सिम्रौनगढ नगरपालिका वडा नम्बर ९ बसवरियामा केहि दिन पहिला कालगतिले मृत्यु भएकी सदस्य उषा देबी तेलिनको श्रीमान नवलकिशोर साह तेलीलाई बीमा बापतको रकम हस्तान्तरण गरेको हो ।
विगत १५ वर्षदेखि बचतसहित नियमित रुपमा आर्थिक कारोबार गर्दै आउनुभएकी तेलिनले पछिल्लो समय दुई लाख ऋण लिएर खेतीपातीको काम गर्नुभएको थियो । उहाँको निधनपछि निर्धन उत्थान बैंकले श्रीमान नवलकिशोरलाई बीमा बापत ३ लाख ४४ हजार रुपैया प्रदान गरेको हो ।

वडा सदस्य शिवशंकर साह तेलीको अध्यक्षतामा भएको सो रकम हस्तान्तरण कार्यक्रममा शाखा प्रमुख नन्दुनाथ कावरयोगी, फिल्ड सहायक उजयप्रसाद यादवलगायतको उपस्थिति रहेको थियो । सदस्य राकेश कुशवाहा, फुलगेनिया देबी, सुगिया देबीको सहयोगमा रकम हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो ।निर्धन उथान लघुबित बैंकले आफ्ना बचतकर्ता सदस्यहरु बीमासहित यस क्षेत्रका सयौं गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ ।

Leave a Reply