बसन्त लामा
सिंगौल,निजगढ नगरपालिका वडा नम्बर १ स्थित सिंगौल ब्रह्मबाबा खानेपानी तथा सरसफाइ आयोजना उपभोक्ता समितिको अध्यक्षमा बिर्दोज जिम्बा चयन हुनुभएको छ ।बिहीवार सम्पन्न समितिको प्रथम साधारण सभाले जिम्बाको नेतृत्वमा ९ सदस्यीय समिति चयन गरेको हो । नयाँ समितिको सचिवमा राकेश जिम्बा, कोषाअध्यक्ष सोभावती गुरो र सदस्यहरुमा दिपा कुमर, जितकुमारी खड्का, अन्जली थापा मगर, बुद्धबहादुर लोप्चन, लालबहादुर चौधरी, बिजरमान ब्लोन रहेका छन् ।
ब्रह्मबाबा खानेपानी तथा सरसफाइ आयोजना उपभोक्ता समितिको ८ वर्षपछि बिहीवार प्रथम साधारण सभा सम्पन्न भएको हो ।वनस्थली हाट बजार नजिकै रहेको बह्रमबाबा खानेपानीको प्रांगणमा इन्द्रबहादुर भण्डारीको अध्यक्षतामा प्रथम साधारण सभा सम्पन्न भएको छ । प्रथम साधारण सभाको वडा नम्बर १ मा गएको निर्वाचनमा गठबन्धनबाट निर्वाचित वडा सदस्य कान्तलाल धामी प्रमुख आतिथि रहनु भएको थियो ।नयाँ कार्यसमितिलाई शुभकामना दिदै लामो समयसम्म संस्थाको अध्यक्ष रहनु भएका भण्डारीले स्थानीयले बह्रमबाबा खानेपानी संस्थाबाट अपेक्षा गरे अनुसारको सेवा दिनुपर्नेमा जोड दिनुभयो ।
भण्डारीको पहलमा २ लाख २५ हजार लिटर क्षमता भएको ओभरहेट ट्यांकी निर्माण सम्पन्न भएको थियो ।सिंगौल ब्रह्मबाबा खानेपानी तथा सरसफाइ आयोजना उपभोक्ता समितिमा २०७२ सालमा स्थानीयको सर्वसहमतिमा भण्डारी अध्यक्षमा चयन हुनुभएको थियो ।सो समितिमार्फत हाल वडा नम्बर १ र २ का कुल २४९ स्थानीय घरधुरीले शुद्ध पानी प्रयोग गर्दै आइरहेका छन् । उपभोक्ताहरुले शुद्ध पानी पाउनुमा भण्डारीको मेहेनेतको उपज भएको प्रमुख अथिति कन्तलाल धामीले आफ्नो मन्तव्यमा बताउनुभएको थियो ।गाउँमा ८ वर्षअगाडि डिप बोरिङ र ट्यांकी नहुँदा विभिन्न समस्यासंग जुझदै स्थानीयहरु खानेपानीको लागि पिपलटारको जरुवा कुवाको पानीमा निर्भर थिए ।खानेपानी तथा सरसफाइ आयोजना उपभोक्ता समितिको साधारण सभाको संचालन स्थानीय राकेश जिम्बाले गर्नुभएको थियो ।

Leave a Reply