जियालाल चौधरी
कोल्हवी – बाराको कोल्हवी नगरपालिका वडा नम्बर ४ मा अवस्थित त्रिभुवन विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त सपही कलेजले शनिवार आफ्नो वार्षिक उत्सव मनाएका छन् । कलेजले एक समारोहका बिच सातौं बार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । श्री नपाल राष्ट्रिय उच्च माध्यमीक बिधालय सपहीको प्राङ्गणमा क्यामपस सभाका अध्यक्ष केबल प्रसाद चौधरीको अध्यक्षता तथा कोल्हवी नगरपालिकाका नगर प्रमुख भरत बहादुर भण्डारीको प्रमुख अथित्वमा सम्पन्न भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै कोल्हवी नगरपालिकाका नगर प्रमुख भण्डारीले नगरपालिकाबाट हुने सम्पुर्ण सहयोग आफूले सक्दो गर्ने प्रतिब्द्धता जनाए । कार्यक्रममा ४१ जना प्लस टुमा अध्यनरत छात्राहरुलाई कोल्हवी नगरपालिकाले बेटी बढाउ, बेटी बचाँऔं कार्यक्रम अन्तरगर्त साइकल वितरण गरिएका थिए ।
कार्यक्रममा समुदायक क्याम्पस प्रदेश नम्बर २ का संयोजक प्रभु पटेल, विधालय व्यवस्थापन समितीका अध्यक्ष तपेश्वर राय थारु, उधोग वाणिज्य संघ शाखा कोल्हबीका अध्यक्ष महेश कुमार साह, कोल्हवी नगरपालिकाको वडा नम्बर ४ का वडा अध्यक्ष भेष बहादुर ढकाल, वडा नम्बर ६ का वडा अध्यक्ष पुरनदेब चौधरी, वडा नम्बर ७ का वडा अध्यक्ष बिरेन्द्र चौधरी लगायतले शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा क्याम्पसका अध्यक्ष रामप्रसाद चौधरीले प्रतिबेदन पेस गरेका थिए । उक्त कार्यक्रममा खेल्कुदमा उत्कृष्ट हुने बिद्यार्थीहरुलाइ सिल मेदल तथा प्रमाणपत्र प्रदान गरिएको थियो भने सोही कलेजमा कार्यरत उत्कृष्ट पठ्न पाठ्न गराउने शिक्षकहरुलाई दोसाला ओढाइ समानित गरिएको थियो । कार्यक्रममा स्वागत मन्तव्य इन्दिरा देबकोटाको रहेको थियो भने कार्यक्रमको सहजीकरण गोबिन्द पौडेलले गरेका थिए ।