हेटौडा,
मकवानपुर भएर काठमाडौँ जोड्ने छोटो दुरीको कुलेखानी– महालक्ष्मी खोला–चखेल– देउराली– माता तीर्थ– सतुङ्गल सडक स्तरोन्नतिका क्रममा एक साताका बन्द बन्द गरिएको छ ।उक्त सडक मङ्गलवारदेखि एक साताका लागि पुनः बन्द गरिएको हो । महालक्ष्मी–दोभान– घट्टेखोला– चखेल–देउराली– माता तीर्थ– सतुङगल सडकको माता तीर्थ सडक खण्डमा स्तरोन्नतिको काम भइरहेकोले बन्द गर्न लागेको ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष दूतराज तितुङले जानकारी दिनुभयो । उहाँले माता तीर्थ सडक खण्डमा रोलर ग्रेडरसहित सव बेस रोलिङ गर्ने काम भइरहेकोले मङ्गलवारबाट एक साताका लागि बन्द गरिएको बताउनुभयो । उहाँले यात्रुहरुलाई वैकल्पिक सडक प्रयोग गर्न पनि आग्रह गर्नुभएको छ ।



















