बसन्त लामा
सिगौल,
माघेसंक्रान्ति पर्वको अवसरमा निजगढको सिंगौलमा आयोजना गरिएको प्रथम सिंगौल खुल्ला नकाउट फुटवल प्रतिगिताको उपाधि जीतपुरसिमराको महेन्द्रनगर युवा क्लबले हात पारेको छ ।महेन्द्रनगरले जनएकता युवा क्लव सिंगौललाई २-१ गोल अन्तरमा पराजित गरेको हो । जितसंगै महेन्द्रनगरले ५० हजार नगदसहित ट्रफी हात पारेको छ भने जनएकताले २५ हजार नगद र ट्रफीमा चित्त बुझाएको छ ।

प्रतियोगिताको उत्कृष्ट गोल रक्षकको उपाधि जनएकताका सन्देश थापा मगरले पाएका छन । त्यस्तै उत्कृष्ट खेलाडी पनि जनएकता युवा क्लवको रंजय चौधरी भएका छन । त्यसैगरी सर्वाधिक गोलकर्ताको उपाधि भने बिनय पाख्रिनले पाएका छन ।
विजेता खेलाडीहरुलाई निजगढ नगरपालिकाका पूर्व नगर प्रमुख सुरेश खनाल पुरस्कार र ट्रफी वितरण गर्नुभएको थियो । पुरस्कार वितरण कार्यक्रममा निजगढ नगरपालिका वडा नम्बर २ को वडा अध्यक्ष राजन श्रेष्ठ रहेको थियो ।त्यस्तै पुरस्कार वितरण कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष मंगल लोप्चन,वडा नम्बर ३ का वडा अध्यक्ष गोकुलप्रसाद तिमल्सिना, वडा नम्बर ९ का वडा अध्यक्ष रामचन्द्र कटुवाल र वडा नम्बर २ का पूर्ववडा अध्यक्ष केशवप्रसाद उपाध्याय ढोडारीलगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply