निजगढ,बारको निजगढ नगरपालिका ६ स्थित बागदेव दुग्ध उत्पादक सहकारी संस्था लि. को १४औं वार्षिक साधारणसभा एवम् ईकाइ प्रतिनिधिहरुको बैंठक बिहीवार सम्पन्न भएको छ । साधारण सभाको बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य अच्युतप्रसाद मैनालीले उद्धाटन गर्नुभएको थियो ।

उद्धाटन कार्यक्रमलाई सम्बोधन गर्दै सांसद मैनालीले देश कठिन मोडमा उभिएको भन्दै स्रोतको सुनिश्चि नहुदै पूर्वाधारहरुको शिलन्यास गर्ने होडले गर्दा बजेटमा समस्या उत्पन्न भएको बताउनुभयो । सांसद मैनालीले दुग्ध किसानको समस्या समाधान गर्न आफूले समन्वय गर्ने र निकास निकाल्ने प्रतिवद्धता जनाउनुभयो ।कार्यक्रममा निजगढ नगरपालिकाका मेयर सुरथ पुरीले बागदेव दुग्ध उत्पादक सहकारी संस्था किसानमा आधारित र किसानप्रति समर्पित संस्था भएको बताउनुभयो । मेयर पुरीले किसानबारे योजना बनाउँदा स्थानीयसंग समन्वय गर्न मधेस विकास बोर्डसंग पनि आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा निजगढ नगरपालिकाकी उपमेयर सोममाया थिङले बागदेव दुग्ध उत्पादक सहकारीले अब दुधजन्य पदार्थको उत्पादनमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले डेरी उत्पादनका विभिन्न परिकार बनाएर बजारमा लैजानुपर्ने धारणा राख्नुभएको थियो ।कार्यक्रममा मधेस प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्ष डा. शम्भु साहले कृषकको मागमा आधारित अनुदान कार्यक्रमको केहि दिनभित्रै सूचना प्रकाशित गरिने जानकारी दिनुभयो ।

कार्यक्रममा निजगढ नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष घनश्याम तिमल्सिना, दुग्ध सहकारी संघ बाराका अध्यक्ष पुरुषोत्तम भट्टराई, निजगढ नगर सहकारी सञ्जालका संयोजक भोलाप्रसाद गौतम, संस्थाका पूर्व अध्यक्ष अम्बिकाप्रसाद चौलागाई, संस्थाका पूर्व अध्यक्ष थानेश्वर सापकोटा, खानेपानी तथा सरसफाई उपभोक्ता संस्था अध्यक्ष सुदर्शनप्रसाद कोईराला, निजगढ नगर सहकारी तथा योजना शाखा प्रमुख अजयकुमार उप्रेतीलगायतले बोल्नुभएको थियो । संस्थाका अध्यक्ष थानेश्वर सापकोटा अविरलले संस्थाको प्रगति प्रतिवेद प्रस्तुत गर्दै ७ वटा इकाई भेलापछि साधारण सभा आयोजना गरिएको बताउनुभयो ।

कार्यक्रममा लेखा सुपरीवेक्षण समितिका संयोजक राजन तिमल्सिनाले लेखा प्रतिवेदन पेश गर्नुभएको थियो । त्यस्तै संस्थाका व्यवस्थापक शौरभ अधिकारीले आर्थिक प्रतिवेदनसहित सहकारीको आगामी बजेट प्रस्तुत गर्नुभएको थियो ।
साधारण सभाको अवसरमा उत्कृष्ठ कृषकलाई पनि सम्मान गरिएको छ । एक वर्षमा २१ हजार नौं सय ४५ लिटर दुग्ध बिक्री गर्ने बकैया ठाकुर पशुपालन फर्म सर्वोकृष्ट भएको छ । १६ हजार चार सय ४९ लिटर दुग्ध बिक्री गर्ने कैलाश खड्का र १३ हजार ४ सय ३६ लिटर दुग्ध बिक्री गरेर रामप्रसाद हुमागाई सम्मानित भएका छन् । उनीहरुलाई मेयर पुरीले नगद र सम्मान–पत्रलेसम्मान गर्नुभएको हो ।

त्यस्तै कार्यक्रममा पूर्वकर्मचारी सम्मानबाट पूर्वलेखापाल गोविन्दप्रसाद गौतम, पूर्वसहलेखापाल शर्मिला अधिकारी, पूजा भट्टराई र कार्यालय सहयोगी विष्णुप्रसाद भट्टराईलाई कर्मचारी सम्मान प्रदान गरिएको छ ।त्यस्तै सहकारीका पूर्वउपाध्यक्ष अर्जुन घिमिरे, कोषाध्यक्ष मोहन सापकोटा र सदस्य पुरुषोत्तम भट्टराई, नेत्रप्रसाद गौतम, शेषप्रसाद गौतम, नविन चौलागाई, यतिन्द्र तिमल्सिना, प्रेममाया सापकोटा, गोमा घताने, पूर्वलेखा समिति संयोजक रामकृष्ण सिग्देल, लेखा सदस्य योगमाया अधिकारीलाई पूर्वसञ्चालक सम्मान प्रदान गरिएको छ ।

त्यसैगरी कुशल व्यवसाय तथा तालिम केन्द्रका कार्यकारी निर्देशक सरोज कोइराला, युके टेन्टका सञ्चालक प्रकाश तिमिल्सिना र सरोज तिमल्सिना, उत्कृष्ट कर्मचारी सम्मानबाट अर्जुन गौतम र कदर पत्रबाट केशव सापकोटालाई सम्मान गरिएको छ ।त्यस्तै उत्कृष्ट पत्रकारित पुरस्कारबाट पत्रकार प्रलाद तिमल्सिनालाई सम्मान–पत्रले सम्मान गरिएको छ ।
त्यस्तै वित्तीय संस्था सम्मान अ‍ैचोपैचो साकोस र सरल बहुउद्देश्यीय सहकारी संस्थालाई प्रदान गरिएको छ । सोही अवसरमा निर्वाचन मण्डलका पदाधिकारीहरुलाई पनि सम्मान गरिएको छ ।

कार्यक्रममा नवनिर्वाचित सञ्चालक समितिका पदाधिकारी तथा लेखा सदस्यलाई निर्वाचन मण्डलका संयोजक अजयकुमार उप्रेतीले सपथ गराउनुभएको थियो । सहकारीका पूर्वकोषाध्यक्ष रामहरी खरेल र सहसचिव निर्मल बजगाईले पदबाट राजिनामा दिएपछि सो पदमा निर्वाचित कोषाध्यक्ष भोलाप्रसाद ढुंगाना र सचिव गंगाप्रसाद दंगाल र महिला सदस्य लिलामाया सोनार्नी तथा लेखा सुपरीवेक्षण समितिका महिला सदस्य देबकी अधिकारीलाई पद तथा गोपनियताको सपथ गराइएको हो ।
कार्यक्रममा मधेस प्रदेश दुग्ध विकास बोर्डका निर्देशक शंकर साह, निजगढ नगरपालिका कार्यपालिका सदस्य सर्मिला वि.क., निजगढ नगरपालिका पशु शाखा प्रमुख युगलकिशोर सिंह, नेकपा (एमाले) निजगढ नगर सचिव तिलक घलान, निजगढ नगर उद्योग वाणिज्य संघका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, होटल तथा पर्यटन व्यवसायि संघ निजगढका अध्यक्ष रामकृष्ण घिमिरे, हिमचुली साना किसान कृषि सहकारी संस्थाकी अध्यक्ष दुर्गा कोईराला, अ‍ैचोपैचो साकोसका सचिव चुडामणी चौलागाई, संस्थाका पूर्वअध्यक्ष कृष्णप्रसाद बन्जरा, टिकाराम तिमल्सिना, डुमरवाना दुग्ध उत्पादक सहकारी संस्थाका व्यवस्थापक सन्तोष भुजेल, निजगढ उद्योग बाणिज्य संघका उपाध्यक्ष एंव सरल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष गोरखबहादुर खड्का, सार्वजनिक माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद गौतम, प्रधानाध्यापक हस्तबहादुर लामा, गौरीशंकर माध्यमिक विद्यालयका प्रधानाध्यापक यादवकुमार तिमल्सिना लगायतको उपस्थिति रहेको थियो ।संस्थाका अध्यक्ष सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष टुकबहादुर तिमल्सिनाले र सञ्चालन सचिव प्रकाश सापकोटाले गर्नुभएको थियो ।

Leave a Reply