राजकुमार बानिया
पोखरिया,पर्साको छिपहरमाई गाउँपालिकास्थित श्री मंगल माध्यमिक विद्यालय भिस्वामा चोरी भएको छ । सोमवार राति गाउँपालिकाको वडा नम्बर ५ मा अवस्थित विद्यालयबाट लाखौं रूपैयाँ बराबरको उपकरण चोरी भएको हो ।
रातको समयमा विद्यालयमा कोहि नभएको मौकामा रडले ताला फोडेर १४ वटा कम्प्युटर, एक÷ एक थान इन्भटर, प्रिन्टर, वाईफाई सहित सीसी क्यामरा लगायत उपकरण चोरी भएको विद्यालयको प्रधानाध्यापक दिनेश पटेलले जनाकारी दिनुभयो ।कम्प्युटर लगायत उपकरण र सीसी टिभी फुटाई सम्पुर्ण तार र डाटा पनि क्षति पुर्याइएको ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक मोहनबिक्रम केसीले जानकारी दिनुभयो ।घटना स्थलमा पुगेर पोखरियाको प्रहरी टोलीले घटनाको सम्बन्धमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । छिपहरमाई गाउँपालिकामा प्रहरीहरुको फितलो सक्रियताले गर्दा चोरीको घाटना बढ्दै गइरहेको स्थानीयहरुको गुनासो छ । भिस्वामा प्रहरी चौकी भिस्वा र बिओपी भिस्वामा सशस्त्र प्रहरीको कार्यालय भए पनि उक्त विद्यालयमा एक वर्षको अवधिमा दुई पटक चोरी भईसकेको छ ।
दुई महिना अघि १३ वटा कम्युटर र कुर्सी लगायतको समान चोरी भएको थियोे । सुरक्षा प्रमुखहरू मौन रहँदा चोरीको घटना बढेको स्थानीयहरुको भनाई छ ।


















