बारा जिल्लाको बरियारपुरमा रहेको गढीमाईमा आइतबार अथवा मंसिर १ गतेबाट चहलपहल शुरु भएको छ । यो चहलपहल अब एक महिनासम्म रहनेछ ।मंसिर महिनाभर गढीमाईमा मेला लाग्नेछ त्यो पनि केव धार्मिक मेला मात्रै । गढीमाइ धार्मिक मेलाको सवालमा लगभग बिश्वभर नै चर्चित छ । हिन्दुहरुका सवालमा मात्रै नभइ यो मन्दिरमा हेर्नका लागि नै भनेपनि लाखौं भक्तजनहरु आउने गर्दछन् । मेलाका बिभिन्न आकर्षणहरु रहेका छन् । यसको सबैभन्दा मुख्य आकर्षण भनेकै बली प्रथा हो ।
बली प्रथाको बिषयमा केही टिकाटिप्पणी पक्कै हुने गरेका छन् तरपनि चल्दै आएको चलन तत्काल अन्त्य हुने संभावना हुने कुरै भएन । बलीको बिषयमा फरक बहस होला त्यो भन्दा मुख्य कुरा यसको ब्यवस्थापनका कुरा हो ।देश बिशदेबाट लाखौैं भक्तजनहरु आउने भएका कारण यो मेलालाई सभ्य र भब्य बनाउनु सबै जिल्लावासीको कर्तब्य र दायित्व हुनेछ । यो कर्तब्य र दायित्वबाट कोही पन्छिने अवस्था छैन ।
गढीमाई मेलालाई सभ्य र भब्य बनाउनका लागि सबैले चासो दिनु पर्दछ । आन्तरिक र बाहिरी पर्यटन प्रवद्र्धन गर्ने गढीमाई मेलाका बिषयमा कृपा दैनिकले हरेक पटक आफ्नो ठाउबाट सहयोग गर्दैै आइरहेको छ । २०६० सालपछि लगातार मिडिया पार्टर नै भएर काम गरेको इतिहाँस छ । त्यसैले हाम्रो तर्फबाट सहयोग हुनेछ र अन्यबाट पनि सहयोग हुन आवश्यक छ । पत्रकार महासंघ बारा शाखाले सहयोग गर्ने घोषणा गरिसकेको छ । त्यसैले मेला सभ्य र भब्य बनाउँ यो जिल्लावासीको गौरवको कुरा हो ।