बारा –  कलैया उपमहानगरपलिका २१ स्थीत रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड भोडहाको १३ औं बार्षिक साधारणसभा बुधबारमा सम्पन्न भएको छ । स्वास्थ्य चौकी परिषरमा आयोजित सभामा स्थानिय जनप्रतिनीधि एवं सहकारी अगुवाहरुले सहकारीका प्रतिक सात रंगका मैनबत्ति बालेर उद्घाटन गरे ।

 

 

 

 

कार्यक्रममा नेपाल कृषि सहकारी केन्द्रिय संघ लिमिटेडका अध्यक्ष खेम बहादुर पाठक आउने कार्यक्रम तय भएको थियो । पाठकको प्रमुख आतिथ्यतामा हुने भनिएको कार्यक्रम मौषम प्रतिकुलताका कारण काठमाण्डौं सिमरा उडान हुन नसक्दा स्थानिय जनप्रतिनीधि तथा सहकारी अगुवाहरुले उद्घाटन गर्नु परेको संस्थाका अध्यक्ष विन्दा सिंहले जानकारी दिए ।

 

 

 

 

कार्यक्रममा २ नं. प्रदेश साना किसान कृषि सहकारी संघका सचिव एवं कलैया उपमहानगरपालिका २१ का अध्यक्ष पुनदेव रौनियार, साना किसान विकास लघुवित्त वित्तिय संस्था लिमिटेड ईलाका कार्यालय हेटौंडाका प्रमुख शेर बहादुर चौधरी, साना किसान कृषि सहकारी संघ लिमिटेड बाराका अध्यक्ष मिश्रीलाल सहनी, उपाध्यक्ष कन्हायीलाल थारु, कोषाध्यक्ष नयनकला खड्का, कलैया उपमहानगरपालिका २२ का अध्यक्ष लालबाबु प्रसाद यादव, साविक भोडहा गाविसका अध्यक्ष शिव विहारी चौधरी लगाएतले मन्तब्य राख्नु भएको थियो ।

 

 

 

 

संस्थाले सभाको अवसरमा सदस्य परिवारबाट एसईई परिक्षामा उर्तीण छात्रछात्रा, जनप्रतिनीधि तथा जेष्ठनागरिकहरुलाई सम्मान गरेको छ । ५७ पुरुष सहित ७५२ सदस्य रहेको संस्थाले ८ करोड ६८ को कारोबारबाट १७ लाख ९४ मुनाफा गरेको जनाएको छ । संस्थाका अध्यक्ष बिन्दा सिंहको सभापतीत्वमा भएको कार्यक्रम संस्थाका प्रबन्धक नगिना प्रसाद साहको संचालनमा सम्पन्न भएको हो ।

Leave a Reply