वीरगन्ज,जिल्ला प्रशासन कार्यालयले मंगलबारदेखि जोर विजोर नम्बरमा निजी तथा सार्वजनिक सवारी साधन संचालनको लागि अनुमति दिएको छ । सोमबार एक सार्वजनिक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय पर्साले मंगलबारदेखि जोर बिजोरका आधारमा निजी सवारी साधन संचालन गर्नका लागि अनुमति दिएको हो । जोर गते जोर नम्बरका सवारी साधन र बिजोर गरे बिजोर नम्बरका सवारी साधनहरु संचालन गर्न पाइने गरी निर्णय गरिएको सूचनामा उल्लेख छ । साथै यसअघि निषेधाज्ञाको समयमा जारी गरिएको सवारी पास सबै रद्द गरिएको पनि जनाएको छ ।