पोखरिया,पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर २ दशौतास्थित भारतीय सीमाबाट १० किलोग्राम लागुऔषध चरेशसहित २ जना पक्राउ परेका छन् ।
सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट भिखमपुरबाट खटिएका टोलीले सोमबार बिहान चेकजाँचको क्रममा बि.आर.२२ एक्स २७३८ नम्बरको भारतीय मोटरसाइकलमा सवार पर्साको जिराभवानी गाउँपालिका वडा नम्बर ३ हरैयाका १८ वर्षीय सुनिल माझी र सोही ठाउँका १६ वर्षीय किसन माझीलाई पक्राउ गरेको हो । सशस्त्र प्रहरी निरीक्षक राजाराम बस्नेतका अनुसार चेकजाँच गर्दा मोटरसाइकलमा रहेको झोलामा आधा आधा केजीको २० प्याकेट (१० केजी) चरेश बरामद भएको हो ।
मोटरसाइकलसहित पक्राउ परेका दुवै जनालाई आवश्यक कार्वाहीका लागि इलाका प्रहरी कार्यालय पोखरियामा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक निर्मल थापाले जानकारी दिनुभयो ।