राजकुमार यादव
मौलापुर,बारा जिल्ला आदर्श कोतवाल गाउँपलिका वडा नम्बर ६ पटेर्वास्थित सार्वजनिक जग्गामा आइतवार एकजना पुरुषको मृत अवस्थामा शव फेला परेको छ ।

रौतहटको मौलापुर नगरपालिका वडा नम्बर ८ सोनरनिया र आदर्श कोतवाल गाउँपालिकाको वडा नम्बर ६ पटेर्वाको बीचमा पर्ने सार्वजनिक पर्ति जग्गामा पुरुषको शव फेला परेको हो ।

पिपलको रुख निर मृत अवस्थामा भेटिएको पुरुष स्थानीय परेर्वाडम्मार टोल बस्ने ६५ बर्षिय दशरत मुखिया बिन रहेको पारिवारका सदस्यहरुले बताएका छन । मृतक मुखियाकी श्रीमती अशभगनी देवीका अनुसार उनी शनिवार काम गर्नको लागि भनेर रौतहटको माधवनारायण नगरपालिका अन्तर्गतको मानपुर गएका थिए । मानपुरबाट घर फर्किने क्रममा दशरथ मुखिया विन मृत अवस्थामा भेटिएका हुन ।

बारा प्रहरीका अनुसार मुखियाको मृत्यु के कारणले भएको हो भन्ने बारेमा भने अझै खुल्न सकेको छैन । यद्यपि अत्याधिक गर्मी र मदिरा सेवनले उनको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । शव परीक्षणको लागि जिल्ला अस्पताल कलैया पर्ठाएको प्रहरी चौकी च्युटाहाले जनाएको छ ।

Leave a Reply