वीरगञ्जका नागरिकहरु अलि धार्मिक छन् । यहाँ अन्य ठाउँका मानिस धार्मिक छैनन् पनि भन्न खोजिएको होइन । यद्यपि वीरगञ्जमा भएका धार्मिक स्थलहरुमा भएको संरक्षण र यहाँका धार्मिक स्थानमा बनेका संरचनाहरुले पनि यहाँका नागरिकहरुको धर्मप्रतिको आस्थालाई उजागर गर्ने गर्दछ । त्यसो त वीरगञ्जमा निर्वाचित जनप्रतिनिधिहरुले यो कुरा राम्रोसंग बुझेका पनि छन् । जनताको कुरा बुझेर पनि जनप्रतिनिधिहरुले बुझ पचाइ रहेको देखिन्छ । विशेष गरी वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहप्रति पछिल्ला दिनमा नगरवासीहरु खुसी छैनन् । उनीहरुमा मेयरप्रतिको वितृष्णा बढ्दै गएको देखिन्छ । वीरगञ्ज २१ परवानीपुरमा भएको राँगाको प्रतिमूर्ति तोडफोडको घटना पनि यसैको प्रतीकको रुपमा लिन सकिन्छ । महानगरपालिकाले हनुमानको मूर्ति राख्नुपर्ने ठाउँमा राँगाको मूर्ति राखेपछि स्थानीयहरु आक्रोशति हुनु स्वभाविक नै हो । मुर्रा राँगोको प्रतीमा त्यही लगेर राख्नपर्ने बाध्यता महानगरलाई थिएन । स्थानीय आक्रोशित भएपछि जनप्रतिनिधिले समन्वयको भूमिका निर्वाह गर्नुपर्नेमा प्रशासनको साहारा लिएको देखिन्छ । कतिपय अवस्थामा प्रशासनको साहारा आवश्यक होला तर यसमा प्रशासनको साहारा आवश्यक थिएन तैपनि मेयर राजेशमान सिंहले यसैको सहारा लिएपछि वीरगञ्ज महानगरपालिकाका मेयर सिंहको नगरवासीलाई हेर्ने दृष्टिकोण के हो भनेर प्रश्न उब्जिएको छ ।
जघन्य अपराधमा बाहेक अन्यमा नगरवासीलाई प्रशासन लगायर कारबाही गर्नेतर्फ जनप्रतिनिधिहरुले सोच्नु भनेको आफैमा घातक कुरा हो । यस्तो बाटोमा मेयर हिडिरहेमा मेयर सिंहलाई नै क्षति हुने निश्चित छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here