नेपालमा कुनै पनि कुराको भाइरल हुनका लागि अहिले खासै केही गर्नै पर्दैन । केही उट्पट्याङ्ग काम गरेको खण्डमा सबै रातारात भाइरल भइरहेको देखिन्छ । त्यसो त भाइरलका नाउमा कानुन र समाजले समेत पचाउन नसक्ने हर्कत भइरहेका पनि छन् । जुन आफैमा आपत्तिजनक कुरा हुन । यद्यपि राजनीतिक वृत्तमा लागेकाहरुको बेलाबेलाको हर्कतले भने सबैलाई आश्चार्यमा पार्ने गरेको छ ।

मेडिकल माफियाको रुपमा कहलिएका झापाका दुर्गा प्रसाईं भन्ने एकजना व्यक्तिले शनिवार साउदीबाट आएका भनिएका त्यहाँका एक व्यक्तिलाई सुनको लौरो उपहार दिएको कुरा सामाजिक संजालमा निकै भाइरल भयो । राजकुमारले दिएको भनिएको सुनको लौरोको विषयमा विभिन्न किसिमका टिकाटिप्पणी पनि भए । राजकुमार भनिएका ती व्यक्तिले उनलाई सुनको लौरो दिनु कति जायज थियो भन्ने सवाल पनि हो यो ।

यद्यपि नेपालका सरकारी अधिकारीहरुले साउदीका राजकुमार दाबी गरिएका ती व्यक्ति राजपरिवारको एक सदस्य मात्रै भएको कुरा बताएका छन् । उनी राजकुमार नभएको कुरा आएपछि व्यवसायी दुर्गाले कतै अर्को षडयन्त्र पो गरिरहेका छैनन् भन्ने प्रश्न पनि उब्जिएको छ । उनले सुनको धन्दालाई वैद्यानिकता दिन यसो गरिएको भन्ने आरोप पनि लागेको छ । जे भएपनि उपहारको नाममा यसरी सुनकै लौरो दिइनु चाही आफैमा शंकाको कुरा हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here