प्रतिनिधिसभामा शिक्षित उमेदवार निर्वाचित गराउन आग्रह
९ कात्तिक बिरगंज
पर्सा १ मा पाच दलिय बाम लोकतान्त्रिक गठबन्धन का साझा उम्मेदवारहरु द्वारा आज बिहान बिरगंज महानगरपालिमा मा भब्य घरदैलो गरेको छ । गठबन्धनका प्रतिनिधिसभा का लोसपा का लक्ष्मणलाल कर्ण र प्रदेशसभा को उम्मेदवार नेपाली काङ्ग्रेस का रामनारायण कुर्मी प्रती मतदाता खुशी भइ जित को आशिर्वाद दिएका छन ।

बिरगंज को वडा २ को छपकैया पोखरी अगाडि बाट निस्किएको सो घरदैलो छपकैया को विभिन्न टोल का घर घर मा पुगि मतदाताहरु संग पाच दलिय बाम लोकतान्त्रिक गठबन्धन का दुबै साझा उम्मेदवारहरुलाइ अत्यधिक मत प्रदान गरि बहुमतले जिताउन अपिल गरिएको थियो ।
मतदाताहरु पनि दुबै उम्मेदवार इमान्दार ,योग्य एव बिद्धान भएकोले दुबै लाई बिजय श्री दिलाउने प्रतिबद्धता पनि जाहेर गरेका थिए । प्रतिनिधि सभामा निर्वाचित भए पछि कर्णले मधेसीको अधिकार शुरक्षित गर्न गरेको योगदान प्रति मतदाताहरुले धन्यबाद दिएका थिए ।


















