वीरगन्ज,वीरगन्जमा थप १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पर्साबाट संकलन गरिएको १९२ वटा स्वाब नमूनाको गएराति नारायणी अस्पतालमा परीक्षण गर्दा पर्सा जिल्लाका ८८ सहित १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये बाराका ११, रौतहटका ४ र सर्लाहीका १ जना रहेको नारायणी अस्पतालका कोभिड कोअर्डिनेटर डाक्टर सरोज रोशन दासले जानकारी दिनुभयो । १७ बर्षदेखि ७९ बर्ष उमेर समूहका उनीहरुको भाईरसको संक्रमण सार्न सक्ने क्षमता सिटी भ्यालु १५.५ देखि ३५.५ सम्म रहेको डाक्टर दासले बताउनुभयो ।यसअघि अस्ति शनिवार राति पनि नारायणी अस्पतालकै प्रयोगशालामा १ सय ९२ जनाको परिक्षण गर्दा १ सय ४५ जनामा संक्रमण पुष्टि भएको थियो ।वीरगन्जमा बैशाख १ गते देखि यता १ हजार ७ सय ९७ जना संक्रमित थपिएका छन् । नारायणी अस्पतालको प्रयोगशालामा बैशाख १ देखि बैशाख १९ गते सम्म २ हजार ९ सय ७५ जनाको कोरोना जाँच गर्दा ती मध्ये १ हजार ७ सय ९७ जनामा संक्रमण भेटिएको डाक्टर दासले जानकारी दिनुभयो । यसैबिच नारायणी अस्पतालमा अहिले जटिल अवस्थाका ५६ जना स.क्रमित उपचाररत रहेका छन् । ती मध्ये आइसियुमा ८ र एचडियुमा १७ जना रहेको जानकारी दिदै डाक्टर दासले सबैलाइ अक्सिजन सर्पोटमा राखेर उपचार भइरहेको बताउनुभयो ।

Leave a Reply