रौतहट,जङ्गली हात्तीले आक्रमण गर्ने त्रास बढेपछि रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका–समयमा जंगली हात्तीको बथानले गाउँमा पसेर घर भत्काउने र घरमा भण्डार गरिएको अन्न खान थालेपछि उक्त क्षेत्रका बासिन्दा रात्रीको समयमा घर छोड्न बाध्य भएका हुन् ।हात्तीले स्थानीय सन्तबहादुर रुम्बा, मिना राई, बलीमायाँ लोप्चन, छेनामसिंह लोप्चन, बोम्जन साइँला, सुबास ठोकर र साइँला गोलेको घर भत्काएको छ। घरमा रहेको अन्न खाई क्षेतिसमेत पु¥याएको छ ।
दुई सातादेखि वनक्षेत्र नजिक रहेका बस्तीमा जङ्गली हात्ती प्रवेशगरी स्थानीयको घर भतत्काउनुकोसाथै कालापानी सामुदायिक वन उपभोक्ता समूहको वनक्षेत्रमा निर्मित पार्क र पानीघट्ट समेत भत्काएपछि स्थानीय आतङ्ति बनेका छन् । हात्तीले स्थानीय किसानको बालीमा समेत क्षेति पु¥याएको वडा अध्यक्ष बोधनाथ देवकोटाले बताउनुभयो ।
हात्तीको त्रासबाट जोगाएर स्थानीयको धनजन क्षति हुन नदिनेबारेमा डिभिजन वन कार्यालय, नगरपालिकालगायतका सरोकारवाला संस्थाले चासो दिनुपर्ने स्थानीयको माग छ । स्थानीय समाजसेवी सन्तोष चौहानले हात्तीबाट थप क्षेति हुन नदिन वडा कार्यालयले नगरपालिकासंग समन्वय गरी सडक बत्ति र हात्ती भगाउने यन्त्र तथा साइरनको व्यवस्था मिलाउनु पर्ने सुझाव दिनुभयो । उहाँकाअनुसार पालिकाको उत्तरी चुरे फेदीमा अवस्थित उक्त वस्तीमा बर्सेनि हात्तीले दुःख दिँदै आएको छ ।
डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरका सहायक वन अधिकृत महालक्ष्मी शर्माले हात्तीबाट जनधनको क्षेति हुन नदिन स्थानीयले नै उच्च सतर्कता अपनाउनु पर्ने बताउनुभयो । उहाँले हात्ती आतङ्कको दीर्घकालीन समाधानको लागि माथिल्लो निकायसंग परामर्श गरिने जानकारी पनि दिनुभयो ।
















